×

NMB BANK
NIC ASIA

एपीएफ क्लब ५ स्वर्णसहित च्याम्पियन

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी बलको एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ ।

Muktinath Bank

एपीएफले ५ स्वर्ण पदकसहित च्याम्पियन भई १ लाख पुरस्कार प्राप्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । उनीहरू २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जितेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्‍यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो,  एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए ।

Vianet communication
Laxmi Bank

पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भए ।

पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए ।

महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भइन् । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भइन् । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भइन् ।

महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरिन् । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरिन् । ३ दिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुने २ खेलाडीले जनही ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x