जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई  १२ वर्ष ६ महिना कैद फैसला गरेकोे छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई  आइतवार सो  कैद फैसला सुनाएको हो ।


Advertisement

गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।


Advertisement

यसैगरी सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुंगेलको इजलासले नौ महिना कैदको फैसला गरेको छ । सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो ।

निजविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्