×

NMB BANK
NIC ASIA

यमन : रक्तरञ्जित कार्पेट, यत्रतत्र १०० लाश

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यमनको मारिब शहरमा अहिले हाहाकार मच्चिएको छ । त्यहाँको सैन्य अड्डामा भएको मस्जिदमा गरिएको आक्रमणमा १०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मस्जिदको भग्नावशेषमा टुक्राटुक्रा परेका शरीर छरिएका छन् । मस्जिदको भित्तामा रगतको छिटाका कारण ठाउँ ठाउँ रातो छ । भुइँमा ओछ्याइएका गलैंचाहरू पनि रक्तरञ्जित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार राजधानी सनाको पूर्वी कुनामा लगभग १७० किलोमिटर पर रहेको मारिब शहरमा साँझपख मानिसहरू सैन्य अड्डामा नमाज पढिरहेका थिए । त्यतिखेरै मस्जिदमा क्षेप्यास्त्र वर्षा हुन थाले । नमाज पढ्नेहरूमा सैनिक र स्थानीय नागरिक दुवै थिए । अचानक आक्रमण भएपछि कसैले केही बुझ्नै सकेन । 


Advertisment
Nabil box
Kumari

आक्रमण सकिँदासम्म मारिबको मस्जिद ध्वस्त भइसकेको थियो । यमनका परराष्ट्रमन्त्रीले हूती विद्रोहीबाट यो आक्रमण गरिएको भन्दै आक्रमणको कडा निन्दा गरेका छन् । 

Vianet communication
Laxmi Bank

यमनी सेनाका प्रवक्ताले हूती विद्रोहीहरूको यस आक्रमणको जवाफमा बर्बर कारवाहीका लागि तयार रहन भने ।

विशेषज्ञहरूका अनुसार, सन् २०१४ मा यमनमा शुरू भएको गृअयुद्धपछि यो अहिलेसम्मको सबभन्दा ठूलो आक्रमणमध्ये एक हो । अल हदीथ टीभीले आक्रमणपछिको तस्वीर प्रसारण गर्दै नमाजीहरूको शरीरका टुक्रा, रक्तरञ्जित गलैंचा र भित्तो देखाएको छ । 

सरकारी फौजहरूले निहम क्षेत्रमा हूती विद्रोहीहरूका विरुद्ध एक दिनअघि ठूलो आक्रमण गरेको थियो । निहममा अहिले पनि सैन्य कारवाही जारी छ । सैन्य सूत्रका अनुसार, दर्जनौं हूती विद्रोही आक्रमणमा मारिएका छन् । 

गृहयुद्धमा फसेको यमनमा विगत ६ महिनामा हजारौं मानिस मारिएका छन् । इरान समर्थित हूती विद्रोही र साउदी अरब समर्थित राष्ट्रिय सरकारबीच लडाइँ जारी छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x