×

NMB BANK
NIC ASIA

त्रिभुवन अन्तर्राष्ट्रिय ‘बुटिक’ विमानस्थल : सरसफाई र साजसज्जाले यात्रु मख्ख !

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीवार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैंडामा उहाँको आँखा पुग्यो ।
‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो,’ उनले भने । ‘किन ?’ सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, ‘हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरू देखियो, आफ्नै देश आएको महसूस भयो ।’
‘आगमन कक्षको अगाडि राखिएको गैंडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखेजस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगेजस्तै भयो,’ नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरू फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहुजाति, बहुसंस्कृति र बहुधार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् ।  

Muktinath Bank

अर्का एक जना यात्रु भन्दै थिए, ‘मलाई त इन्डोनेसियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दू धर्मका साथै त्यहाँको बहुसांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ।’
इन्डोनेसियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरू झल्किने दृश्यहरु सजाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका केही प्रमुख पर्यटकीयस्थलको पहिचान दिनेगरी अरु केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृश्य र तस्बिरहरुले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् ।  
केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ अवधारणा । यही अवधारणाबमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न हो यो भन्नुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।


Advertisment
Nabil box
Kumari

नेपालले यसवर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौं भन्ने प्रयास गरिएको उनले बताए । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरुलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण र विकास तथा सूचनाजस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

विमानस्थलको आगमन कक्षमा सुनको जलप हालिएको ११ फिट अग्लो र करीब १ टन तौल भएको बुद्ध मूर्ति राखिएको छ । गरुड र अन्य देवी देवताका मूर्ति छन् । गैंडाको मूर्ति सौराहाको झलक नै दिनेगरी पार्क बनाएर राखिएको छ । यी संरचना विदेशी पर्यटकका लागि आकर्षण बनेका छन् । 

विमानस्थलको अर्काे आकर्षण सरसफाइ पनि हो । यहाँको सरसफाइका लागि विमानस्थलले इनोभेटिभ एचआर जेभीलाई जिम्मा दिएको छ । उसले २ वर्षभन्दा अघिदेखि विमानस्थलको सरसफाइको काम गरिरहेको छ । करीब डेढ वर्षअघि गैरआवासीय नेपाली संघको सहयोगमा खेम्स क्लिनिङले स्वयंसेवीरूपमा केही समय विमानस्थल सफाइ गरेर चर्चा पाएको थियो । त्यस समय पनि विमानस्थलको सफाइमा इनोभेटिभले सफाइ मजदूर र काममा सहयोग गरेको थियो । 

कम्पनीले विदेशी प्रविधि र मापदण्डको आधारमा सफाइको काम गर्दै आएको सोलुसनका प्रमुख रोहिणी भट्टराई बताउँछिन् । ‘हामीले सफाइ कर्मचारीहरूलाई समय–समयमा विदेशी मापदण्ड र प्रविधिको तालिम दिई त्यस्तै उपकरणका साथ काम गरिरहेका छौं, हर समय सफाइको गुणस्तर बढाउँदै लगेका छौं,’ उनले भनिन् ।

हाल सफाइका लागि कम्पनीका १६० कर्मचारी खटिरहेका छन् र ‘सिफ्ट’ अनुसार चौबीसै घन्टा काम गर्ने गर्छन् । ‘कुनै पनि विदेशीले नेपाल टेक्ने पहिलो पाइला भनेको विमानस्थल नै हो । त्यसैले प्रवेशद्वारबाट नै विदेशीहरूमा हाम्रो देशप्रतिको राम्रो छाप परोस् भनेर हामी आफैं काममा खटिएका छौं र हामीले पाइरहेको सफलता र प्रशंसालाई घट्न दिएका छैनौं,’ उनी भन्छन् ।
बुटिकका रूपमा गरिएको विमानस्थलको विकास र सरसफाइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यतिबेला स्वरूप फेरिएको छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरू र कुर्सी सफा छन्, सफाइलाई विशेष ध्यान दिइएको छ । विमानस्थलको सफाइमा खटिरहेका कर्मचारी सफाइसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रविधि र मापदण्ड प्रयोग गरिएको भन्दै हाल उपलब्ध प्रविधि र जनशक्तिले विमानस्थलको अवस्था राम्रो राख्नसफल भएको बताउँछन् । 

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थल सफा भए मात्र अन्तर्राष्ट्रियरूपमा देशको छवि सुन्दर र राम्रो बन्ने छ । त्यसैले विमानस्थलमात्र होइन कि पर्यटन वर्ष मनाइरहेका हामीले होटल, पार्क, पर्यटकीय स्थल तथा अन्य पूर्वाधार र संरचनाहरूलाई पनि सफा र सुन्दर बनाउनु र राख्नु जरुरी छ ।  

नेपालले यस वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाइरहेको छ । यसका लागि आवश्यक सेवा क्षेत्रको पूर्वाधार र अन्यत्र सरकारले सकेसम्म संरचना निर्माण गरिरहेको छ । त्यसैले अहिले नै विमानस्थलको जस्तै बुटिक र सफाइको अवधारणालाई पनि सबैतिर विस्तार गर्न सके पर्यटन वर्ष मनाइरहेको पर्यटन क्षेत्रले केही नयाँ उपलब्धि हासिल गर्नेछ । 

अर्काे महत्त्वपूर्ण पक्ष भनेको सुरक्षाको प्रबन्ध पनि भएकाले यसलाई विमानस्थलले नयाँ व्यवस्थाका साथ अघि बढाएको प्रवक्ता कर्ण बताउँछन् । सुरक्षामा कडाइ तथा यात्रुको सुविधालाई समेत ध्यानमा राखी सुरक्षा जाँचमा नयाँ व्यवस्था गरेको उनको भनाइ छ । – एकराज पाठक/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x