प्रवासी नेपालीको हितका लागि राष्ट्रियसभामा मेरो उम्मेदवारी : बालकृष्ण पाण्डे

बिहीवार हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५ का नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण पाण्डेले पहिलो पटक विदेशमा रहेका प्रवासी नेपालीको तर्फबाट राष्ट्रियसभामा उम्मेदवार बन्ने अवसर प्राप्त भएको बताएका छन् ।

भारतमा रहेको प्रवासी नेपाली संघका अध्यक्षसमेत रहेका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पाण्डेलाई कांग्रेसले प्रदेश ५ बाट (अन्य समूह)मा उम्मेदवार बनाएको छ । ‘नेपाली कांग्रेसले प्रतिकूल परिस्थितिमा पनि मलाई उम्मेदवार बनाएर प्रवासमा बस्ने नेपालीको पक्षमा काम गर्ने हौसला प्रदान गरेको छ,’ चुनाव प्रचारका क्रममा रुपन्देहीमा रहेका पाण्डेले लोकान्तरसँग भने, ‘मैले चुनाव जितेँ भने विदेशमा रहेका लाखौं नेपालीको पक्षमा नीति निर्माणमा काम गर्नेछु ।’


Advertisement

प्रतिपक्ष बिना संसदीय लोकतन्त्र चल्न नसक्नै भन्दै उनले राष्ट्रियसभामा मतदान गर्न पाउने मतदाताले विवेक प्रयोग गर्ने उनले विश्वास गरे । राष्टियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यको लागि राष्ट्रियसभाको चुनाव बिहीवार हुँदैछ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गोपाल भट्टराई (रुपन्देही), विमला घिमिरे (कपिलवस्तु) र जगप्रसाद शर्मा (दाङ)ले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी  दर्ता गराएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट गिरिजा देवी न्यौपाने (दाङ), बालकृष्ण पाण्डे (अर्घाखाँची) र मेराज अहमद हलवाई (बाँके) उम्मेदवारी दर्ता गराएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्