महन्थ ठाकुरको सौभाग्य – एउटै प्रतिनिधि सभामा दुई पटक अध्यक्ष

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा सभामुख चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा छोटो मन्तव्य दिँदै तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा गरेकी थिइन् । 


Advertisement

तुम्बाहाङ्फेको राजीनामापछि संसद ज्येष्ठ सदस्यले चलाउने संवैधानिक प्रावधान छ । ७३ वर्षका महन्थ ठाकुरले सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षका गर्नेछन् । 

नेपालको संविधान २०७२ धारा ९१ उपधारा ५ मा संसदमा सभामुख र उपसभामुख नभएको अवस्थामा प्रतिनिधिसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।


Advertisement

तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसद बैठक सोमवार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको अध्यक्षता गर्न ठाकुरले राष्ट्रपतिबाट शपथ लिनुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि ठाकुरले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् । ठाकुरले राष्ट्रपतिबाट शपथ लिएका छन् ।

ठाकुरले यसअघि पनि प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिसकेका छन् । २०७४ फागुन २० गते ठाकुरले राष्ट्रपतिबाट शपथ ग्रहण गरेका थिए । उनले त्यतिबेला अध्यक्षता गरेको प्रतिनिधि सभाको बैठकले सभामुखमा कृष्णबहादुर महरालाई निर्वाचित गरेको थियो । 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ठाकुर महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्