कात्तिक २४, २०८०
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
सरकारी स्वामित्वको कृषि विकास बैंकले ५३ औं वर्ष प्रवेशको अवसरमा चाँडै साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ऋणपत्र जारी गर्नेबारे जानकारी दिइएको हो ।
‘आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रतिऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३ निष्काशनको अन्तिम तयारीमा रहेका छौं,’ उनले कार्यक्रममा भने ।
कार्यक्रममा उनले बैंकले ‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ अभियानलाई निरन्तरता दिएको बताए ।
यस्तो छ कार्यक्रममा उनले राखेको मन्तव्य –
वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक ‘सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक’को रुपमा स्थापित हुन पुगेको छ ।
कृषि विकास बैंकको ५ दशकको सफलता असफलताको कथा, प्रयास र प्रगति, हासिल गरेका उपलब्धि र आगामी दिनका भावी कार्यक्रम तथा योजनाका बारेमा आयोजित यस प्रेस भेटघाट तथा संवाद कार्यक्रममा तपाइँ सम्पूर्ण पत्रकार तथा संचारकर्मी लगायत उपस्थित महानुभावहरुलाई कृषि विकास बैंक लि. परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।
हाम्रो पाँच दशकको लामो इतिहासलाई स्मरण गर्दा कृषि विकास बैंकलाई इञ्जिन फर रुरल ट्रान्सफर्मेसनको अभियन्ताको रुपमा हेर्न सकिन्छ । ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा केन्द्रित रहेको यस बैंक आजसम्म आइपुग्दा “कृषिलाई नछोड्ने, अरुलाई जोड्ने” अभियानमा क्रियाशील रही आएको छ । साना किसान विकास आयोजना मार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, वचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै संचालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउन गरेको प्रयास र सफलताको कथा फेरी एक पटक फेरि तपाईहरुमाझ दोहोर्याउन चाहन्छ ।
यसरी करिब २ दशक सरकार, दातृ निकाय आदिको सहयोगमा वित्तीय सेवाका साथै उपकरण, यान्त्रीकरण, क्षमता अभिवृद्धि, विकास परियोजनाको सहयात्री भइ लामो यात्राको अनुभव बटुल्दै, श्रोतमा आन्तरिक निर्भरता हुनुपर्छ भनी यस बैंकले वि.स २०४१ सालमा नेपालमा पहिलो पटक कम्प्यूटरयुक्त बैंकिङ सीमित सेवा (निक्षेप कारोवार, कर्जा तथा जमानत, फयाक्स कारोवार) सहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा संजाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आवद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दै आएको छ ।
खल्ला बजार, निजीकरण र प्रतिस्पर्धाको पछिल्लो चरण अर्थात डेढ दशकअघि आ.व. ०६२/०६३ मा नेपाल सरकारको “बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत यस बैंकको पुनसंरचनाका लागी एशियाली विकास बैंकको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत क वर्गको नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ पतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयरमा अधिकांश कृषकहरु भएको संचरनामा रही आफ्नो बलियो पूँजी संरचना, प्रविधियुक्त कोर बैंकिङ सफ्टवेर बृहत शाखा संजाल, प्रदेश र तालिम केन्द्र मार्फत करिव १२ लाख निक्षेपग्राही, करिव १ लाख ४५ हजार कांग्राही, ६ हजारलाई इन्टरनेट सेवासहित सम्पूर्ण बैंकिङ्क वस्तु तथा सेवा कर्जाको प्रकार, निक्षेपका प्रकार, जमानत तथा गैरकोषमा आधारित ट्रेड फाइनान्स, एलसी कारोबार, कारोबार, फोरएक्स, कारोबार, डीम्याट, सी–आस्बा, आइपीएस, कन्टेन्ट आइपीएस, जीओएएमएल स्विफ्ट सेवाका साथै करिव २ लाख ६२ हजारलाई मोबाइल बैंकिङ सेवा, एप्स, करिब ८१ हजारलाई भिसा डेबिट कार्ड सेवामार्फत हामी “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक” बन्न सफल भएका छौं ।
यसैगरी नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुद्वारा जारी निर्देशनहरुको पूर्ण परिपालना गर्दै बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलाई थप मजबुत बनाइएको छ। नेपाल सरकारले आह्वान गरेको “सबै नेपालीको बचत खाता खोलौं बैंक खाता” अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको हाम्रा लागि एउटा असल उदाहरण र सुखद क्षण हो ।
हामी खराब कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमवाट बढीभन्दा बढी ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ्ग, कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिई अग्रणी भूमिका निर्वाह गर्ने योजनासाथ अघि वढेका छौं । विगतका वर्षहरुमा औसत १५ प्रतिशत लाभांश दिदै आएको यस बैंक गत वर्ष २१.०५% र यस वर्ष निर्धारित समयमै आफ्नो १३ औं साधारणसभा सम्पन्न गरी आ.व. ०७५/०७६ मा ३०% उत्साहजनक लाभांश उपलब्ध गराउन सफल भएको छ । आगामी वर्षहरुमा यस वृद्धिको उत्साहलाई निरन्तरता दिने कुरामा विश्वास दिलाउन चाहन्छौं ।
हामीलाई गर्व लाग्छ, सन् २०१२ मा एसियन डेभलपमेन्ट बैंकले रुरल फाइनान्स सेक्टर डेभलपमेन्ट क्लस्टर प्रोग्राम फेज १ प्रोगाम उफर्मेन्स अवार्ड प्राप्त गरी फेज २ क्लस्टर डेभलपमेन्ट प्रोग्राम प्राप्त गर्न बैंक सफल भएको विषय यहाँहरूमाझ बाँडन पाउँदा खुशी लागेको छ। गएको १ वर्षमा यस बैंकले सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिव २५०० संख्या भन्दा बढीमा करिव ५ अर्व ५८ करोड रकम लगानी गरेको अवस्था छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र (महिला ५००, ८ जिल्लामा), ७ जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् आदिसँग सहकार्य गरी लक्षित वर्गमा कर्जा तथा बैंकिङ्ग सेवाको विस्तार गर्ने क्रममा छौं ।
यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिव १ हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसन नेपाल सँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम समेत तय गरेका छौं। हामीलाई थाहा छ, हाम्रो १ करोडभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून छ । १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन् । हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई “बैंकले लिन मात्रै होइन, दिन पनि जान्दछ” भनी आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३ निष्काशनको अन्तिम तयारीमा रहेका छौं ।
बैंक ५३ औं वर्षमा प्रवेश गर्न लाग्दा एउटा सवल, स्वस्थ र सबैको मनमा बस्न सक्ने दिगो, भरपर्दो वित्तीय संस्थाको रुपमा स्थापित हुन प्रयासरत रहेको छ । यस सुखद घडीमा नेपाल सरकार, दातृ निकाय, शेयरधनी, ग्राहक, कर्मचारी, सम्पूर्ण पत्रकार र संचारकर्मी एवं सबै शुभेच्छुकहरुको सहयोगले बैंक दीर्घकालीन दृष्टिकोण सहितको सुनिश्चित बैंक हुने कुरामा हामी विश्वस्त छौं । यही साथ र सहयोग निरन्तर पाइरहने आशासहित यहाँहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अनिलकुमार उपाध्याय
प्रमुख कार्यकारी अधिकृत
कृषि विकास बैंक लिमिटेड
रामशापथ, काठमाण्डौं ।
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...