×

NMB BANK
NIC ASIA

सभामुख चयनका लागि माघ १२ गते निर्वाचन, यस्तो छ कार्यतालिका

माघ ६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रतिनिधिसभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका सार्वजनिक गरेका छन् ।

Muktinath Bank

कार्यतालिका अनुसार मंगलवार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारलाई प्रस्ताव गरेको सूचना गर्नुपर्ने छ । त्यसपछि अपराह्न साढे २ बजे उम्मेदवारको प्रस्तावित सूची प्रकाशन गरिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले सम्बन्धित उम्मेदवारलाई सभामुख पदमा निर्वाचन गरियोस् भनेर प्रस्ताव गर्नेछन् भने समर्थकले त्यसको समर्थन गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

उम्मेदवारको सूचीमाथि सामूहिक छलफल गरेपछि दर्ता क्रम अनुसार उम्मेदवारीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेद्वारी प्रस्तुत नहुने कार्यतालिकामा उल्लेख छ । यदि एकमात्र प्रस्ताव परेमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

सोमवार अपराह्न ४ बजेको दोस्रो बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले अध्यक्षता गरेका थिए ।

जेष्ठ सदस्य ठाकुरले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशनसमेत दिएका थिए ।

त्यसअघि ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट दिएको राजीनामा पढेर सुनाएका थिए ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उम्मेदवारका सन्दर्भमा अझै अनिर्णित छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x