लुम्बिनी प्रादेशिक अस्पतालकाे अध्यक्षमा भट्टराई

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराई नियुक्त भएका छन्। 

प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल बुटवलका भट्टराईलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हाे।


Advertisement

स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गरेका ५५ वर्र्षीय भट्टराई २०५९ सालमा पश्चिम नेपाल बस व्यवसायी सङ्घको अध्यक्ष भएका हुन्।  पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साइन्सेजमा अध्यक्ष  रहेका भट्टराई सामाजिक क्षेत्रमा क्रियाशील छन्। बैठकले सदस्यमा रिज्जु श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए। 

बैठकले रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्