छाउपडी समस्या सुदूरपश्चिम-कर्णालीको मात्र नभई सिङ्गो देशको हाे : मन्त्री गुरुङ

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताएका छन्।

अछाम सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा उनले छाउपडी गोठको समस्या समाजमा कुरितिको रुपमा फैलिँदै गएकाले सरकारले गोठ भत्काउने अभियानको थालनी गरेको बताएका हुन्।


Advertisement

छाउ मान्ने प्रथा देशव्यापी रहेकाले व्यवस्थापन अभाव भएको उल्लेख गर्दै उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा चलिरहेको छाउपडी गोठ भत्काउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए।

 मन्त्री गुरुङले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जरा गाडेर बसेको छाउपडी कुप्रथालाई अन्त्यका लागि सबै जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाज जागरुप हुनुपर्ने बेला आएको उल्लेख गरे। 


Advertisement

छाउगोठ भत्काउने अभियान निरन्तर जारी रहनुपर्नेमा जोड दिँदै गुरुङले छाउगोठ भत्काएसँगै सबैको मनमा बसेको गोठसमेत भत्काउँदै जानुपर्ने बताए। यो सामाजिक अभियान सफल पार्न तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण भएकाले हरेक ठाउँमा कानूनी कारवाही र सामाजिक क्षेत्रमा हुने समस्याका बारेमा सचेतना जगाउँदै जानुपर्नेमा उनले जोड दिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्