भाजपा अध्यक्षमा जगतप्रकाश निर्वाचित

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षमा जगतप्रकाश नाडा निर्वाचित भएका छन्।

पछिल्लो ६ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहेका उनी अध्यक्ष बनेका हुन्। तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । 


Advertisement

नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बनेका हुन्। उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत बनेका थिए। 

भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्