×

NMB BANK
NIC ASIA

तल्लो मोदीको उत्पादन मिति अन्योल

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 दुई वर्षअघि नै उत्पादन दिने लक्ष्यसाथ ०६९ असारबाट सुरु भएको तल्लो मोदी जलविद्युत् आयोजनाबाट तत्काल उत्पादन तत्काल नहुने भएको छ । टनेलभित्र देखिएको समस्याका कारण ०७४ असारभित्रै उत्पादन सुरु गर्ने भनिए पनि २० मेगावाटको आयोजना उत्पादन मितिबारे अन्योल उत्पन्न भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति एक वर्ष सर्ने देखिएको छ । भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा अर्को झन्झटिलो क्षति बेहोरेपछि उत्पादनबारे अन्योल बढेको हो । सबै काम सकेर परीक्षण उत्पादनका लागि पानी पठाउने क्रममा टनेल चुहिएपछि आयोजना पक्ष मर्मतमा जुटेको छ । टनेलको धेरैजसो ठाउँमा पानी चुहिने समस्या समाधान गर्न केही समय लाग्ने आयोजनाले बताएको छ, जसका कारण अब उत्पादन मिति यही समयमा हुन्छ भनेर सार्वजनिक गर्न नसकिने आयोजना प्रमुख पवनकुमार यादवको भनाइ छ । स्थानीयले आयोजनाको टनेल डिजाइनकै क्रममा कमजोरी भएको दाबी गरेका छन् । आयोजना पक्षले भने डिजाइनमा कुनै शंका नरहेको प्रस्ट्याएको छ ।

‘डिजाइन फेलको कुरा होइन । पछि पानी लिक भएकाले समस्या देखिएको हो,’ यादवले भने, ‘काम गर्दै छौं । यसको एस्टिमेट निकालिएको छैन ।’ यसबाट आयोजनालाई हुने नोक्सानीबारे पनि मूल्यांकन भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएपछि अहिले मर्मत भइरहेको छ । गत वैशाख अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि सबै रोकेर मर्मत थालिएको हो । मर्मतको काम सकेपछि गत कात्तिक १० गते लक्ष्मीपूजाका दिन परीक्षण गर्ने योजना थियो । दोस्रो योजना पनि असफल भएपछि टनेलको सबै भागको गहन मर्मत थालेको हो । कम्पनीका अनुसार अडिट २ को पाँच सय मिटरभित्रको टनेलमा पानी चुहिने समस्या देखिएको छ । कडा चट्टान क्षेत्रका बीचबीचमा छिद्र रहेका कारण पानी चुहिने समस्या देखिएको प्राविधिकले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

अहिले चट्टानमा रहेका छिद्रहरूमा ग्राउन्डिङ गर्ने काम केही समयभित्रै सकेर परीक्षण उत्पादन थाल्ने आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेको भनाइ छ । पानी चुहिने समस्या तत्कालका लागि सामान्य लागे पनि आसपासमा भएको बस्ती र टनेल सँगसँगैको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा आइपर्न सक्ने जोखिमलाई ध्यानमा राखेर कंक्रिटिङ र ग्राउन्डिङको काम भइरहेको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म ४ हजार २ सय मिटर लामो टनेल छ । साउथ एसिएन इन्फ्रास्टक्चर लिमिटेडले सुरुङ निर्माणको काम सकेको थियो । विद्युत् आयोजनाको कम्पनीलाई जिम्मा नलगाउँदै टनेलमा समस्या देखिएका कारण मर्मतको जिम्मा पनि साउथ एसियन कम्पनीले नै लिनुपर्ने आसय निर्माण कम्पनीको छ । तर यस विषयमा कुनै कुरा नभएको प्रमुख यादवले बताए । ‘काम भइरहेको छ । कसले गर्ने भन्ने कुरा अहिले नगरौं,’ उनले भने । यसअघि पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार काटिँदा पनि केही समय निर्माणमा ढिलाइ भएको थियो ।

परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब सात मिटर नपुगेपछि कम्पनीलाई टाउको दुखाइ भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले करिब चार महिना काम रोकिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x