×

NMB BANK
NIC ASIA

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ ।

Muktinath Bank

विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे एकता राष्टिय सम्मान २०२० बाट सम्मान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन आर बि फाउण्डेशन एवं भब्या इन्टरनेशनलको अयोजना भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अबसरमा भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको समारोहमा राजोपाध्याय सम्मानित भएका हुन् । राजोपाध्यायले संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

समारोहमा राजोपाध्यायलाई डा सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्टिय सम्मान  प्रदान गरेका हुन् । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा निशा माथुरलगायतको सहभागिता थियो ।

Vianet communication
Laxmi Bank

३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाइ १५ मा  राजस्थानकको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड –२०१९ प्रदान गरिएको थियो भने  सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा  सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।

नेपालको सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाएका छन् । 

सरोदवादन बाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x