कात्तिक २०, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिले दशैं बम्पर लक्की ड्रको उपहार घोषणाको कार्यक्रम आयोजना गरेको छ ।
टाटा मोटर्सले दशैंतिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारसहित योजना गरेको लक्की ड्रको माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा ग्राहकको बाक्लो उपस्थिति रहेको थियो । बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्रको कार्यक्रम पुस २१ गते आयोजना गरिएको थियो ।
देशैभरबाट १७३२ जना ग्राहकले लक्की ड्रमा सहभागिता जनाएका थियो । जसमध्ये ७६ जना भाग्यशाली ग्राहकले विभिन्न उपहारहरू तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।
कुल विजेतामध्ये १३ जना ग्राहकले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रीज, १३ जनाले एलजीको ८ किलो क्षमताको वासिङ मशिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टीभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।
बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी सञ्जालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।
इन्जिनियरिङ तथा प्रविधिद्वारा सञ्चालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सियल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक बिक्री गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरू, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशमा बिक्रीवितरण गरिन्छ । टाटा मोटर्स्का सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीको बिक्री वितरणमा सिप्रदी आबद्ध छ ।
देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ वर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवा तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रूतगतिमा व्यवसाय विस्तार गरिरहेको छ ।
करीब ७५० भन्दा कर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन् । सिप्रदी टेड्रिङ प्रालि सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...