×

NMB BANK
NIC ASIA

ओपो रेनोका कथाहरू : टू क्रिएट ईज टू लिभ

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिर्जनशीलता, चाहना, जोश र उद्देश्यको खोजीले नै जीवन दोर्‍याइरहेको हुन्छ । वास्तवमा गहिरिएर नियाल्दा सिर्जनशील प्राणीका रुपमा यिनै पक्षले हाम्रो पहिचानको प्रतिनीधित्वपनि गरिरहेको हुन्छ । हामी सदैव उत्पादन, सुधार र ब्यक्त गर्न प्रयाशरत हन्छौँ ।

Muktinath Bank

जीवनको मूल सार, सिर्जनशीलताको ओपो सधैँ समर्थन गर्छ र सिर्जनशीलताका लागि सहयात्रीका रुपमा रेनो सिरिजको विकासमा लगातार लागिरहेको छ । उपभोक्तामा निहित जोश र कलाकारितालाई थप प्रोत्साहन गर्ने सोचका साथ ओपो रेनोको सिर्जनशील टूल्स सबैका लागि उपलब्ध गराउनु हाम्रो मूल उद्देश्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओपोले कलाको मूलभूत अर्थ र कलाकारका कथा उजागर गर्ने सोचका साथ विश्वभरका ६ लोकप्रिय कलाकारका साथमा तिनको कथा भिडियो मार्फत साभार गर्ने प्रयास गरेको छ । जेकब कोलियर, पेल्ला, जेस्सि ली, ईयान वायल्डर, रुक फ्लोरो र मेट टोवली गरी छ जना कलाकारलाई ‘टू क्रिएट ईज टू लिभ’ अवधारमाथि तिनका पृथक दृष्टिकोण प्रस्तुत गर्न लगाइएको थियो ।


Advertisment
Nabil box
Kumari

जेकब कोलियर उत्तरी ईंग्ल्याण्डका बहुआयामी संगीतकार हुन् । उनी कम्पोजर, एरेन्जर, गायक तथा बहु–बाद्यबाधन विशेषज्ञ पनि हुन् । उनको सांगीतिक यात्राको उडान सन् २०१२मा आफ्नो पहिलो स्प्लिट–स्क्रिन यूट्यूब भिडियो, लोकप्रिय गीतको कभर भाइरल भएसंगै सुरुवात भएको हो । यसपश्चात जेकबले तीन एल्बम सार्वजनिक गरी सकेका छन् भने विभिन्न अवार्डहरु जित्नुका साथै वल्र्ड टूर पनि गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

उनी आफ्ना सिर्जनशीलतामार्फत बच्चाको जस्तो सोच मग्न, खोजीमा तल्लीन र स्वप्नमा मस्त दृष्टिकोण प्रस्तुत गर्न रुचाउँछन् । उनी आफूलाई हरपल जीवन र संगीतको प्रेमीका रुपमा लिन्छन् र यसको चरितार्थ उनका शब्द, कार्य र शैलीमा प्रस्ट झल्किन्छ ।

सन् २०१३मा नेशनल ईन्ष्टिच्यूट अफ फेशन टेक्नोलोजी मार्फत स्नातक गरेकी पेल्ला उदयिमान भारतीय फेसन डिजाइन हुन् । स्नातक लगतै उनले आफ्नो फेशन र कपडा डिजाइन ज्ञानको उपयोग गर्दै पेल्ला स्थापना गरिन् । उनको कलाकारितामा उनले भारतीय संस्कृतिका सुक्ष्म र बिलिनोन्मुख विशेषताहरुका प्रस्तुतीकरणले उनलाई विशेष लोकप्रियता प्रदान गरेको छ ।

पेल्लाका अनुसार उनका डिजाइनले पहिरिने मानिसको आकार लिँदै तिनको चरित्रलाई थप प्रष्ट्याउन सघाउँछ । उनले आफ्ना रचनामा पूर्ण समर्पित हुँदै, आफ्नै अन्तरआत्माको अंश रचनामा समाहित गराउने बताउँछिन् ।

जेस्सि ली कुनमिङ, चीनकी कलाकार हुन् । उनले आफ्नो कलाकारिता विभिन्न चलचित्र र शो मार्फत प्रस्तुत गर्दै धेरै ओटा बेष्ट एक्ट्रेस अवार्डहरु पनि जितिसकेकी छिन् । उनी विभिन्न पृथक चारित्रिक चित्रण मार्फत आफ्नो अभिनय प्रस्तुत गर्न खोजिरहन्छिन् । क्यामेराका अगाडी ब्यतित हरेक पलले तपाईँ विश्वलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा प्रस्तुत गर्ने कुरामा उनी विश्वास गर्छिन् ।

हरेक कुराको सुरुवात प्रश्नबाट हुने कुरामा विश्वास गर्ने ईयान वेईल्डर, स्पेनका भिज्यूअल आर्टिूट तथा स्केटबोर्डर हुन् । कला सिर्जनका लागि आफूले के जानेको छु भन्ने कुरा भूलेर सम्भावना नियाल्नु पर्ने कुरामा उनी जोड दिन्छन् । स्वतन्त्र भई निश्चित बृत्तभन्दा माथी उठेर काम गर्न सक्नु सिर्जशील सफलताका लागि अपरिहार्य छ, भन्ने कुरामा उनी विश्वास गर्छन् । उनका लागि समग्र सन्तुष्टि प्राप्त गर्ने प्रकृयाका रुपमा कलाकारिता रहेको छ ।

बैंकक्, थाईल्याण्डका रुक फ्लोरो, भिज्यूअल आर्ट निर्माण गर्छन् र विज्ञापन उद्योगमा आर्ट डिरेक्टरका रुपमा कार्यरत छन् । उनका अनुसार उनको स्मारणमा रहे देखिनै स्वभाविकरुपमै उनी चित्र कोर्दै आफूलाई भिज्यूअल्ली प्रस्तुत गर्ने गर्थे ।

कलाकारिता प्राकृतिकरुपमै आफूमा निहित रहेको र यसै मार्फत आफूलाई सहजरुपमा प्रस्फुतन गर्न सक्ने भएकाले उनले यसैलाई करियरका रुपमा अघि बढाउने निर्णय गरेको बताउँछन् । हरेक दिन उनलाई आफू नयाँ मान्छे भएको अनुभव हुने उनी बताउँछन् । आफ्नो बहु आयामिक चरित्रलाई प्रस्तुत गर्ने एक सटिक माध्यमका रुपमा उनी भिज्यूअल आर्टलाई लिन्छन् । 

मिनेसोटाका मेट टोवली एक अमेरिकी कलाकार तथा डान्सरले सटिकरुपमा क्रिएटिभ भिजनको सार प्रस्तुत गरेका छन् । उनी कुनै परिभाषा वा पूर्व कल्पित सिमिततामा आफूलाई नबाँध्न अनुरोध गर्छन् । हरेक सिमाना तथा सिमितता नाघेर आफूलाई खुल्ला रुपमा प्रस्फुटन गराउन उनी प्रेरित गर्छन् । “सिर्जनशीलता स्वतन्त्रता हो, सिमाना नाघ्न सघाउने औजार हो । यो स्वतन्त्र अभिब्यक्तिका लागि एक सटिक माध्यम हो जसले आफूलाई आफूसंग नजिक ल्याउन तथा तपाईँ विश्वका लागि के सम्म बन्न सक्नुहुन्छ भन्ने सम्भावना पहिल्याउने कार्यमा सघाउँछ” उनी भन्छन्, “यसका लागि तपाईँ आफू अनुकुल नृत्य, अभिनय, गायन, पेन्टिङ, रनिङ, एक असल आमा, बुवा वा साथी बन्ने लगायत कुनैपनि माध्यमको छनोट गर्न सक्नुहुन्छ ।आफूले राम्रो गर्न सक्ने क्षेत्रमा राम्रो गर्दै राम्रो बन्न सक्नुहुन्छ भने तपाई एक सफल कलाकार हुनु हुन्छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x