प्रेस युनियनको महाधिवेशन चैत २१ गते नेपालगञ्जमा

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ।

 युनियनको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।


Advertisement

युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन्। शाखाबाट आएका झण्डै १ हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए। हालसम्म ७० शाखामा अधिवेशन भइसकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको छ।

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।


Advertisement

अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ । महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ ।

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्