कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
पुस र माघमा परेको हिउँदे झरीले हिउँदे बालीमा ठूलो नोक्सानी भएको छ ।
कैलाली र कञ्चनपुरसहित तराईको जिल्लामा नोक्सानी भएको हो । मसुरो, तोरी, आलुु, टमाटर, काउली, गहुँ बाली नोक्सान भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय कर्णबहादुर महतोले ४ विघा क्षेत्रफल जग्गामा छरिएको गहुँँ र तोरी नष्ट भएको दुखेसो सुनाए । उनको गहुँ बालीमा २ सातादेखि अझैसम्म पानी जमेको छ । जुन पानी फाल्न उनले पटक–पटक पम्पसेट प्रयोग गर्दै आएका छन् ।
‘खेत जोताई, बिउ, मल, श्रम गरी धेरै लगानी भयो । पानीले सब सखापै पर्यो’ पम्पसेटले पानी फाल्दै गरेका महतोले पीडा सुनाए, ‘केही बच्छ कि भन्ने झिनो आशा छ । ३ पटक पम्पसेटले खेतको पानी फालिसकें । तर सबै निरर्थक भएको छ ।’
कैलाली गाउँपालिका–२ बसौटीका स्थानीय अंगानु चौधरी पनि हिउँदे झरीबाट पुगेको नोक्सानीले स्तब्ध भएका छन् । उनको करिब १० कठ्ठामा ढक्कमक्क फूल्दै गरेको तोरी बालीमा पानी जमेको छ । तोरी बाली नोक्सानी हुने चिन्ताले उनलाई निकै सताएको छ । तोरी बालीमा लगाएको डुब्दै गरेको लगानी र परिवारिक जिविकोपार्जनको चिन्ताले निकै सताएको चौधरीले दुखेसो सुनाए ।
कर्णबहादुर र अंगानु मात्रै नभई होइन हिउँदे झरी कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश किसानको लागि अभिशाप बनेको छ । खासगरी खल्ला जग्गामा रोपिएका हिउँदे बाली सखाप भएका छन् । एकातर्फ लगाएको ठूलो लगानीमा नोक्सानी अर्को तर्फ जिविकोपार्जनमा समस्या हुने भयले किसानहरुलाई सताएको हो ।
सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले खासगरी तराई क्षेत्रमा रोपिएका मसुरो प्रजातिको साथे टमाटर, तोरी र गेहुँमा क्षति पुगेको जानकारी दिए ।
तर हिउँदे झरीले तराई क्षेत्रमा नोक्सानी पुगेपनि पहाडी क्षेत्रका साथै सिँचाइको पहुँच नरहेको क्षेत्रमा बरदान सावित भएको जानकारी दिए । कैलाली र कञ्चनपुर जिल्लाको करिब ७० हजार हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको जानकारी गराउँदै उनले जुन मध्ये करिब २० देखि ३० हजार हेक्टरमा मात्रै सिँचाइ उपलब्ध रहेकोले बाँकी क्षेत्रमा हिउँदे झरी लाभदायिक सावित भएको बताए ।
पहाडी जिल्लाको हिउँदे बाली र फलफूल बालीको उत्पादनमा बृद्धि हुने तर तराई क्षेत्रको मसुरो, तोरी, गेहुँ र आलु बालीको उत्पादनमा ह्रास आउने सम्भावना बढेको निर्देशक जोशीको भनाइ छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...