कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
शनिबार बिहान देउती बज्यै मन्दिर परिसरमा माग्न निषेध गर्ने बोर्डको अनावरण गर्ने कार्यक्रम थियो ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विक, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, मानस सेवा आश्रमका कर्मचारीलगायतको उपस्थिति थियो ।
बोर्ड अनावरण गर्ने स्थानमा एक घुम्टी थियो । उक्त घुम्टी अन्त कतै सार्न सिडियोले निर्देशन दिए । उनको निर्देशन पश्चात आफूलाई रोजगारी दिए मात्रै छोडने घुम्टी सञ्चालक खगिसरा बरालले बताइन् ।
मन्दिरका पुजारी टंक राजीकी उनी छोरी रहिछन् । खगिसराले प्रजिअसँग कुराकानी गरिरहँदा उनका भाइ जनक राजी मन्दिरको गेट नजिकै आए । उनी चर्को स्वरमा बोल्न थाले । टंक र उनकी श्रीमती पनि त्यहाँ आइन् । सिडियोसँग उनीहरूले ठूलो स्वरमा कराए ।
‘मेरा तीन छोरा छोरी छन् । मलाई रोजगारी दिनुहोस । म हटाउँछु,’ खगिसराले भनिन, ‘मैले के खाने ? छोराछोरीलाई के खुवाउने ?’ प्रत्युत्तरमा सिडियोले निर्देशन दिए, ‘तपाई मन्दिरको मुल प्रवेशद्वारभन्दा बाहिर व्यापार गर्न पाउनुहुन्छ । यहाँबाट सार्नुहोस ।’
सिडियो अधिकारीले कुरा गरिहँदा उनका भाइ जनक कडकिए । ‘हामीले पसल सञ्चालन गर्ने नपाउने ? सरकारले हामीलाई रोजगारी दिनुपर्यो । अन्यथा हामी हटाउँदैनौ ।’ उनी सिडियोसँग यसरी कुरा गरिरहेका थिए की मानौं त्यो जग्गा उनको लालपुर्जावाला हो । ‘तपाई चुप लाग्नुस । तपाईले यो हटाउनैपर्छ ।’ सिडियोले जनकलाई भने ।
आस्थाका आधारमा भक्तजनहरू आउने र मन्दिर स्थल साझा क्षेत्र भएकाले मनिदर व्यवस्थापन गर्नु, मनिदर परिसर स्वच्छ राख्नु सबैको दायित्व भएको बताउँदै उनले घुम्टी हटाउनैपर्ने बताई रहँदा पुजारी परिवार भने आफ्नै अडानमा रहिरह्यो । सिडियोसँग हात जोडेर आफ्नो छोरालाई केही नगर्न बारम्बार पुजारी टंक अनुरोध गरिरहे ।
देउती बज्यै मन्दिर नीजी कम्पनी जस्तो
शनिबार बिहानै पुजा गर्न आएका वीरेन्द्रनगर ११ की रजनी शाही देउती बज्यै मन्दिर व्यक्तिगत नीजी कम्पनी जस्तो भएको बताउँछिन् । ‘यहाँ कोही कसैले कसैलाई हिसाब देखाउनु पर्दैन । मन्दिर बाहिर र भित्र एकनाश पुजारीको हाली मुहाली छ । सरकार निरीह छ उनीहरुका सामु,’ उनले भनिन्, ‘जसले उनीहरूको विरोध गर्छन् । उनीहरुलाई देउती बज्यैको पुजा गरेर भष्म पारी दिने भन्दै धार्मीक रूपमा व्ल्याक मेलिंग गर्छन् । जसका कारण धर्मावलम्बीहरू उनीहरुको विरुद्ध आवाज नै उठाउँदैनन् । तैं चुप मै चुपको अवस्था छ ।’
मन्दिरमा पाँच पूजारी
देउती बज्यैको मन्दिरमा पूजा गर्न पाँच जना पूजारी छन् । टंक राजीले १५ दिन पूजा गर्छन् भने उनका भाइ तिलक राजीको मृत्यू भएका कारण हाल तिलकका तीन छोरा चक्र, चित्र र किरणले पाँच पाँच दिन गरी १५ दिन पूजा गर्न पाउँछन् । पूजारी मन्दिरमा बसेको दिन संकलन भएको जम्मा रकमको आधा भाग सोही दिन लिएर जाने निर्णय समितिको बैठकले नै गरेको स्वीकार गरेका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पदमबहादुर ओलीका अनुसार पाँच जना पूजारीलाई समितिकै निर्णयले कुन दिनको बस्ने तालिका निर्धारण गरिएको थियो । निर्णय अनुसार हरेक महिनाको १ गतेदेखि ८ गते टंकबहादुर राजी, ९ गतेदेखि १५ गतेसम्म जनकबहादुर राजी नाम गरेका पूजारी मन्दिरमा बस्छन् ।
यसैगरी हरेक महिनाको १६ गतेदेखि २० सम्म चक्रबहादुर राजी, २१ गतेदेखि २५ गतेसम्म चित्रबहादुर राजी र २६ देखि महिनाको अन्तिम दिनसम्म करन राजीलाई मन्दिरको पूजा गर्ने ड्युटी व्यवस्थापन समितिको बैठकले निर्धारण गरेको छ ।
मन्दिर व्यवस्थापन समितिको निर्णय अनुसार मोटरसाइकलरस्क्टररअटोको २ सय, ट्रयाक्टर/जिप/फोर्स गाडीको ५ सय, त्यसभन्दा ठूला ट्रक/बसको पूजा गर्न एक हजार र बली चढाएवापत एक सय र त्यसको टाउको बिक्री गरे पाँचसय रकमका दरले मन्दिरले बिल काटेर रुपैयाँ उठाउने गरेको छ ।
मन्दिर क्षेत्रमा उठने दान भेटी तथा पूजा आजा गर्दा लाग्ने शुल्क करोडौं भएपनि हालसम्म उक्त रुपैंया हिनामिना भएको छ । पुजारीले आलिशान महल ठड्याइसक्दा पनि सरकारी तथा देउती बज्यै मन्दिर व्यवस्थापन समिति चुपचाप छ ।
२०५२ सालदेखि मन्दिरमा कति रुपैंया संकलन भएको हो कतैपनि तथ्यांक भेटिएको छैन ।
त्यस अनुसार मन्दिरमा सवारी साधनको पूजा र बलि काटेको मात्रै दैनिक २० हजार बढी रकम उठ्नुपर्ने देखिन्छ । यसले मन्दिरको हरेक महिनाको आम्दानी ६ लाख हुन्छ भने वर्षको ७२ लाख हुनुपर्ने हो ।
मन्दिरमा भएको सबै प्रकारको आम्दानीलाई जम्मा गर्न देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको नाममा सांग्रीला बंैक सुर्खेत शाखामा ०१५००८०००६७१६१०००००१ नम्बरको बचत खाता खोलिएको छ ।
तर गएका तीन वर्षमा उक्त मन्दिरले ३० लाख ८६ हजार आम्दानी गरेको देखिन्छ । जसमध्ये १५ लाख ४३ हजार मन्दिरका पूजारीलाई भुक्तानी गरिएको छ भने १५ लाख ४३ हजार मन्दिर व्यवस्थापन समितिको खातामा जममा गरेको छ ।
२०७४ साल माघ १ गतेदेखि २०७६ मंसिर मसान्तसम्म कुनै चेक नकाटिएको उक्त खातामा तीन वर्षमा मन्दिरको कुल आम्दानी १५ लाख ४३ हजार मात्रै भएको देखिन्छ । २०७४ माघ १ गतेअघि ३ लाख ५७ हजार बैंक मौज्जात भएको मन्दिर व्यवस्थापन समितिको उक्त खातामा हाल १९ लाख रकम देखिन्छ ।
यसका बारेमा मन्दिर क्षेत्रको सवारी साधनको पूजाआजा गर्न आउने र बलि चढाउन आउने भक्तजनहरूको बिल काट्नकै लागि मासिक १० हजार तलबमा व्यवस्थापन समितिले राखेका आएका स्थानीय भुवन दाहालले हतोस्साहित अवस्थामा आफूलाई बचाउन आग्रह गरे ।
उनले भने, ‘म २०७४ माघ १ गतेदेखि मन्दिरमा काम गर्दै आइरहेको छु । बिल काटेका ठेलीहरू घरमा लगेर जम्मा गरेको छु । तर समितिका कोही पदाधिकारी पनि २०७४ सालयता हिसाब खोज्न र ठेली लिन आएका छैनन् ।’ आफू र पूजारीले एकिन गरेको मन्दिरको आम्दानीलाई महिनाको एक पटक समितिको खातामा लगेर जम्मा गरिदिने उल्लेख गर्दै भने, ‘म काममा लागेदेखि गएको मंसिर मसान्तसम्म भएको मन्दिरमा भएको १५ लाख ४३ हजार आम्दानी मैले समितिको खातामा जम्मा गरेको छु ।’ उनका अनुसार देउतीबज्यैं मन्दिरमा एक दिनमा सरदर २५ र ४० वटा सवारी साधनको पूजा र १५ देखि २५ वटा बली दिनेको संख्या आउने गरेको छ । दसैँ, तिहार र नयाँ वर्षको समयमा यो संख्या चार/पाँच गुणाले बढ्ने गर्छ ।
तीन वर्षयताको विवरण छैन
व्यवस्थापन समितिले आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मकोमन्दिरमा संकलित आर्थिक अवस्था र खर्चको विवरण समावेश भएको वार्षिक प्रदिवेदन सार्वजनिक गरेको छैन । यसले मन्दिरमा कति रकम संकलन भयो भन्ने कसैलाई जानकारी छैन । समितिका पदाधिकारीहरुले नै समयमा चासो नदेखाउँदा संकलित रकमको एकतर्फे लेखापरिक्षण (अडिट) भए पनि मन्दिर व्यवस्थापन समितिले अनुमोदन नगरेको देउति बज्यै मन्दिर विकास समितिका कोषाध्यक्ष पदमबहादुर ओलीले जानकारी दिए ।
समयमा नै समितिको बैठक नबसेको कारण आर्थिक प्रगति निकाल्न नसकिएको बताएका ओलीले भने, ‘अहिलेसम्म अध्यक्षले समितिको बैठक बोलाउनु भएको छैन । बैठक नबसेका कारण मन्दिरको आर्थिक लेखाजोखा देखि सबैको कामका बारेमा समिक्षा हुन नसकेको साँचो हो ।’ स्थानीय तहको निर्वाचन भएयता २ पटक मात्रै मन्दिर व्यवस्थापन समितिको बैठक बसेको उनले बताए ।
यता, वीरेन्द्रनगर नगरपालिकाले नगर भरिका मन्दिर व्यवस्थापन गर्नको लागि केहि दिनमै ऐन ल्याउने बताएको छ । नगर उपप्रमुख मोहनमाया ढकालले ऐन नबनाएका कारण यस्तो भएको बताईन । ‘नगरभरिका धार्मीक क्षेत्र व्यवस्थापन गर्न हामी तत्काल मन्दिर सञ्चालन, व्यवस्थापन सम्वन्धी नयाँ ऐन ल्याउँछौं,’ उनले भनिन, ‘मन्दिरको प्रकृति हेरेर पुजारकिो मासिक तलब तोक्ने र उनीहरुलाई कानूनी दायरमा ल्याउने गरि अघि बढछौं । कुनै पनि मन्दिरमा हामी अब मनमर्जी चल्न दिनेछैनौं ।’
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मनिदरमा आर्थिक पारदर्शिता आवश्यक रहेको बताए । ‘मन्दिर सबैको आस्थाको धरोहर हो । सार्वजनिक सम्पती हो,’ उनले भने, ‘यहाँ कसैको लुटतन्त्र कायम गर्न हुँदैन । आर्थिक पारदर्शिता कायम हुन आवश्यक छ । व्यापारीक प्रयोजनका रुपमा मन्दिरलाई प्रयोग गर्न पाईदैन ।’
मन्दिरमा परिवारवाद हावी भएको आफूलाई पनि महसुस भएको उनको भनाई थियो । ‘मन्दिर वरिपरि रहेका अवैधानिक घुम्टीहरु हामी हटाउँछौं । कसैको दबाब या प्रभावमा हामी पर्दैनौं,’ उनले भने, ‘मन्दिरको सुरक्षा गर्नु हामी सबैको दायित्व हो ।’
उनले त्यहाँ भइरहेका आर्थिक अनियमितता तथा मनपरितन्त्रलाई तोड्ने प्रतिबद्धता जनाए ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...