×

NMB BANK
NIC ASIA

रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी गर्दै नेविस‌ंघ

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ ।

Muktinath Bank

नेविसंघको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसंघभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधानमा नेविसंघको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ । नेविसंघभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् । 


Advertisment
Nabil box
Kumari

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले विधान कार्यान्वयमा पार्टी गम्भीर बन्नुपर्ने बताउँछन्। 'नेविसंघको बैठकबाट पास गरेर पार्टीलाई पेश गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पास गरेको अवस्थामा विधान लागू गर्दिन भन्नु पार्टी नेतृत्वको कमजोरी हो', उनी भन्छन्। 

Vianet communication
Laxmi Bank

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघभने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ । नेपाली काँग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । 

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी आफैँले विधान पास गर्ने र आफैँ विधानविपरीत जान नमिल्ने बताउनुहुन्छ । '३२ वर्ष हटाउने वा ३२ वर्षभित्रका विद्यार्थीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मामिला पार्टी र विद्यार्थी सङ्घभित्रको हो, तर पास भएको विधानलाई कसैले कुल्चन मिल्दैन', उनी भन्छन्। 

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे। नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला रहेका छन्। 

नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरू अध्यक्षले आफ्नो समयमा अधिवेशन गर्न सकेनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका छन् । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् ।

नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले विधानअनुसार २२ जिल्लाको जिल्ला अधिवेशन र ६ लाख विद्यार्थीलाई सदस्यता वितरण गरिसकेको बताउनुहुन्छ । 'आफ्नो लागि भयो भने विधान ठीक र अर्काका लागि भयो भने विधान बेठीक भन्ने प्रवृत्तिका कारण नेविसंघमा यस्तो अवस्था आएको हो', उनी भन्छन्।

निवर्तमान अध्यक्ष महरले आफ्नै पालामा निर्वाचन गर्न सम्भव भए पनि पार्टीका नेता आफू अनुकूलका व्यक्तिलाई अगाडि सार्दा निर्वाचन हुन नसकेको बताउँछन् । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसंघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन्। 'विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ', उनी भन्छन्। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x