×

NMB BANK
NIC ASIA

संसारको सबभन्दा गहिरो तालमा डुबे दुई पर्यटक, अनि यस्तो भयो (भिडियो)

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको साइबेरियामा रहेको बैकाल तालमा दुई पर्यटकहरू हिउँको पत्रमा टेकेपछि तालभित्र डुबेको दृश्य भिडियोमा कैद भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पिता र पुत्र बैकाल तालको जमेको सतहमाथि हिँडिरहेका बेलामा अचानक हिउँ फुटेपछि पानीमा चोपलिएका थिए र त्यतिखेर उनीहरू किनारबाट ३०० मिटर पर पुगिसकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाखार सारापुलोभ र उनका पिता बोरिस यस्तो घटना हुँदा पनि सौभाग्यवश बाँच्न सफल भए । घटना पुस २४ मा भएको हो । 


Advertisment
Nabil box
Kumari

भारी ब्याकप्याक बोकेका उनीहरूले ब्याकप्याक फ्याँके अनि आफ्नो कुहिना र गोडा उपयोग गरेर कडा हिउँ भएको ठाउँमा पुग्न सफल भएका थिए ।

Vianet communication
Laxmi Bank

उनीहरू तालको चिसो पानीमा १७ मिनेटसम्म बस्नुपरेको थियो र मृत्युको पाशोबाट निस्कन सफल भए । 

पानीमा निथ्रुक्क भिजेर चिसोले काँप्दै उनीहरू माइनस ९ डिग्री सेल्सियस तापक्रममा चार माइल पर गएर पार्क रेन्जर बस्ने ठाउँ पुगे । 

इर्कुत्स्कमा बस्ने बाउछोराले जमेको तालमा हिँड्ने अनुभव यसअघि नै बटुलिसकेका थिए । उनीहरूले प्रस्ट र पारदर्शी बरफमा हिँडेको ठानेका थिए । 

तर बैकालको पिँधमा न्यानो पानी आएपछि त्यो ठाउँको हिउँको पत्र कमजोर बनेको थियो । 

तालमा चोपलिएको दृश्य उनीहरूको गोप्रो क्यामरामा कैद भएको थियो । संसारकै ताजा पानीको २० प्रतिशत भाग बैकाल तालमा पाइन्छ । 

पोहोर साल त्यही ठाउँमा महिला स्केटर आल्ला बाख्वालोभाको डुबेर मृत्यु भएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x