रियलमी को रियलमी फाइभ आई बजारमा उपलब्ध

बजारमा निकै छोटो अवधिमा फस्टाउन सफल स्मार्ट फोन ब्राण्ड, रियलमीले आफ्नो रियलमी फाईभ सिरिज अन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन रियलमी फाईभ आई नेपाली बजारमा भित्राएको छ ।

रियलमी फाईभ सिरिजको विश्वभर ५.५ मिलियन भन्दा बढी ढुवानी सफलपुर्वक भएको रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाईनको साथमा सुपथ मुल्यमा रियलमी फाईभ आई बजारमा ल्याएको छ । 


Advertisement

५००० एम्.एच् ब्याट्रीको साथमा रियलमी फाईभ आईले उक्त मुल्य श्रेणीमा सबै भन्दा राम्रो ब्याट्री–लाईफ र सबै भन्दा लामो ३० दिने स्ट्याण्डबाई प्रदान गर्दछ । 

रियलमी फाईभ आईमा ब्याट्रीको सुरक्षा निश्चित गर्नका लागी फायरप्रुफ– प्रोटेक्टिभ–सेपरेशनको साथ निर्माण गरिएको छ । 
 
रियलमी फाईभ आईमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ ए.आई.ई रहेको छ जसले गर्दा, २.० गिगा हर्जको क्लक् स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ । साथै, थर्ड जेनेरेसन क्वालकम् ए.आई ले उल्लेखनिय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्दछ । 


Advertisement

 रियलमी फाईभ आईको स्लिम बडीमा नयाँ सनराईज डिजाईन प्रयोग गरिएको छ । ब्याक कभरको ग्रेन्स्हरु जर्मन फाईभ–एक्सिस् प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ । रियलमी फाईभ आई दुई भिन्न रङहरु – एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको छ । 

 रियलमी फाईभ आईमा ११९ अल्ट्रा–वाईड एन्गल लेन्स् (८एम्.पी), मेन क्यामेरा १२एम्.पी), पोरट्रेट लेन्स् (२एम्.पी) र अल्ट्रा म्याक्रो लेन्स् (२एम्.पी) को क्वाड क्यामेरा सेटप रहेको छ । अल्ट्रा–वाईड एन्गल लेन्स्मा नाईटस्केप २.० समावेश गरिएको छ जसले गर्दा राती वा अध्याँरो स्थानमा वाईडर भ्युको साथमा उत्कृष्ट तस्बिरहरु लिन सकिन्छ । मेन क्यामेराले ई.आई.एस्. ईफेक्ट प्रयोग गर्छ जसले गर्दा चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ । 
 
रियलमी फाईभ आईमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल्र युआई जस्ता थ्ुप्रै फिचरहरु प्रदान गर्दछ । कलरओएस् ६.१ को साथमा, रियलमी फाईभ आइले डार्क मोड एक्टिभेट गर्न सक्छ जसले गर्दा अध्याँरो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने गर्छ । 

रियलमी फाईभ आईका विभिन्न भेरियन्टहरुको मूल्य निम्नानुसार रहेका छन् –  ४+६४ जिबि लाइ रु २०,९९० मात्र ।   

रियलमी एक प्रविधि ब्राण्ड हो जसले विश्वबजारमा उत्कृष्ट डिजाईन र प्रदर्शनको साथ उच्च गुणस्तरको स्मार्टफोनहरु निर्माण गर्दै आईरहेको छ । स्काई लि र माधव सेठले स्मार्टफोन उद्योगमा अनुभवी युवा टोलीसँग मिलि सन् २०१८ मा औपचारिक रुपमा रियलमीको स्थापना गरे । 
 
स्मार्ट फोनहरुमा शक्तिशाली प्रदर्शनी, स्टाईलिश डिजाईन र स्मार्ट फोनहरुको अधिक सम्भावनाहरुको अन्वेषणको साथमा ईमान्दार सेवा गर्न रियलमी प्रतिबद्ध रहेको छ । रियलमीले हालसम्म कुल ५ वटा स्मार्टफोनहरु भित्राएको छ जसमा रियलमी ३, रियलमी २ प्रो, रियलमी सि१, रियलमी सि२ र रियलमी ५ रहेको छ । 

काउन्टर प्वाईन्टको पछिल्लो सर्वेक्षणको अनुसार, विश्वबजारमा रियलमी साँतौ विशाल र सबैभन्दा छिटो फैलिन सफल स्मार्टफोन ब्राण्ड रहेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्