×

NMB BANK
NIC ASIA

उपत्यकाको सडक यसै महिनाभित्र सुधार

माघ ९, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य: गोरखापत्र दैनिक
Premier Steels
Marvel

तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए। अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले स्पष्ट पार्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार महिनामा काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न भनेका थिए। निर्देशनबमोजिम सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सो ‘टास्क फोर्स’ गठन गरिएको हो ।

Vianet communication
Laxmi Bank

सडकको खाल्डाखुल्डी पुरिनुका साथै सडक व्यवस्थापनको कामलाई तीव्रताका साथ अगाडि बढाइएको थपलियाको भनाइ छ । उनलेमाघ मसान्तसम्म सङ्घीय सडकअन्तर्गत पर्ने उपत्यकाका सबै सडकमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न हुने जानकारी दिए।

“माघभित्र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भए पनि त्यसपछि पनि यो प्रक्रिया निरन्तर चलिरहन्छ, अबका दिनमा खाल्डाखुल्डी पुर्ने काम निरन्तर प्रक्रियाका रूपमा अगाडि बढ्छ,” उनलेथप्नुभयो, “उपत्यकाका सडकमा अहिले दिनभरि खाल्डाखुल्डी पुरिने, ‘ओभर लेयर’ गर्ने र बेलुका सडक रङरोगन गर्ने काम भइरहेको छ ।”

सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका ९३ वटा सडक (४०७ किलोमिटर), सडक डिभिजन कार्यालय, ललितपुरमा ३८ वटा सडक (१८९ किलोमिटर) र सडक डिभिजन कार्यालय, भक्तपुरमा १९ वटा सडक (१२२ किलोमिटर) सडक रहेका छन् । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले काठमाडौँ उपत्यकामा सडक विभागअन्तर्गत रहेका सडकको खाल्डाखुल्डी पुर्ने काम यस महिनाभित्र सम्पन्न हुने गरी काम भइरहेको बताए।
खानेपानीको पाइप लिकेज भएको र विभिन्न कारणले खन्नेबाहेकका ठाउँमा खाल्डाखुल्डी पुरिसक्ने उनलेस्पष्ट पारे। उनका अनुसार उपत्यकाका सडकको करिब ७० प्रतिशत खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको छ । अहिले दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

‘टास्क फोर्स’मा खानेपानी मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका उपमहानिर्देशक, काठमाडौँ उपत्यका विकास प्राधिकरण, वातावरण विभाग, सहरी पूर्वाधार विकास विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि ‘टास्क फोर्स’का सदस्य रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख यसका सदस्य सचिव रहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x