माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विपन्न परिवारका थुप्रै जना नोकरीका लागि भारत पस्दै गरेको अमरबहादुर सुनारले देखेका थिए । सातवर्षे छोरो र श्रीमती लिएर उनी पनि त्यतै हान्निए । गन्तव्यमा नपुग्दै परिवारमा विपत्ति आइलाग्यो । छोरा अर्जुन रेल स्टेसनबाट छुट्टिए ।
बाह्र वर्षअघि भारतको लुधियानामा छुटेका बाँके, बैजपुरका अर्जुन सुनार (दायाँ) बुधबार बाबुआमासँग । तस्बिर : माधव/कान्तिपुर
कहाँ गए, पत्तो लागेन । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजपुरको सुनार परिवार त्यसपछि धेरै दिन विक्षिप्त नै बन्यो । अमर र लक्ष्मीदेवी छोराको खोजीमा धेरै भौतारिए । न छोराको पत्तो लाग्यो, न घर फिर्न मन ।
१२ वर्षपछि खोलो पनि फर्कन्छ भन्ने नेपाली आहान अहिले आएर सुनार दम्पतीका लागि चरितार्थ भयो । रेलमा हराएका छोरा भेटिएपछि यस्तो भएको हो । ‘छोरो पाउँदा खुसीको सीमा नै छैन,’ आमा लक्ष्मीदेवीले भनिन्, ‘दिनरात छोरो सम्झेर रोएर बित्थ्यो ।’ विगत सम्झेर उनका आँखा टिलपिलाए । सुनार दम्पतीले छोरो डोर्याएर ०६४ सालमा गाउँ छाडेका थिए । डुंगाबाट राप्ती तरे । त्यसपछि नेपालगन्ज हुँदै सीमावर्ती रुपैडिया नाका पुगे ।
त्यहाँबाट उनीहरू रेलमा लुधियाना पुगेका थिए । लुधियानाबाट अर्को रेल चढ्नुपर्ने थियो । रेल परिवर्तन गर्ने क्रममा ठेलमठेल थियो । पहिला छोरालाई चढाए । भीडमा अमर र लक्ष्मीले उक्लन नपाउँदै रेल गुडिहाल्यो । छोरा रेलमा छुटे । दम्पती स्टेसनमा बिलखबन्दमा परे । त्यसबेला अमरबहादुर हिन्दी प्रस्ट बुझ्न र बोल्न जान्दैनथे । खोज्न कता जाने ? श्रीमतीलाई कहाँ लैजाने ? कसलाई गुहार्ने । ‘म त लगलग काम्न थालेँ,’ अमरले त्यो दिन सम्झिए, ‘दिमागले काम गर्न छाड्यो ।’ उनीहरूको छटपटी देख्ने धेरै थिए । सुन्ने कोही भएन ।
छोरोसँग बिछोडिएपछि सम्हालिन धेरै दिन लाग्यो । आश मारिसकेका थिएनन् । अमर लुधियानामै एउटा घरमा चौकीदारको काम गर्न थाले । ‘कति रात खाना पनि खाएनौं, सुत्न पनि सुतेनौं,’ उनी भन्छन्, ‘दिन बित्यो, वर्ष बित्यो । हामीले छोरो भेटिने आशै मारेका थियौं ।’ डेढ वर्षअघि भारतको नयाँदिल्लीस्थित प्रवासी नेपाली मित्र मञ्चले भारतबाट उद्धार गरेर परिवारमा पुन:स्थापना गराउन यहाँ चारजना किशोर ल्यायो । उनीहरूको पुन:स्थापनाका लागि पहल गर्न बालकल्याण समिति देवरियाले दिल्लीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो । दूतावासले मञ्चलाई जानकारी गराएपछि उनीहरूलाई नेपाल ल्याएर परिवारमा पुन:स्थापनाका लागि पहल गरेको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए । चारमध्ये एकजना अर्जुन रहेछन् । उनको नाम फेरिएर सन्तोषकुमार भएको थियो । भारतको उत्तरप्रदेश देवरियास्थित बाल संरक्षण गृहमा रहेका ती चार जनालाई मञ्चले रुपन्देही प्रशासनमा बुझायो । प्रशासनले अभिभावक फेला नपर्दासम्म चारै जनालाई कोटिहवास्थित अविनाश अनाथ आश्रमको जिम्मा लगाएको थियो । अन्य तीन किशोरका अभिभावक फेला परे । ती परिवारमा पुन:स्थापित भए । अर्जुनका लागि खोजी भइरहेको थियो ।
देवरियाको गृहमा भारतका विभिन्न ठाउँ अलपत्र अवस्थामा फेला परेका बालबालिकालाई राखिन्छ । उनीहरूका परिवार र अभिभावकको खोजी गर्दै पुन:स्थापनाको पहल गरिन्छ । ‘चारै जना आफ्नो नाम, ठेगाना र अभिभावकका बारेमा बताउन नसक्ने अवस्थामा भेटिएका थिए,’ अर्जुनलाई अभिभावकको जिम्मा लगाउने क्रममा यहाँ आइपुगेका अर्यालले कान्तिपुरसित भने, ‘हराएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन सक्दा धेरै खुसी लाग्छ ।’
अविनाश अनाथ आश्रम कोटिहवाका प्रमुख कृष्ण ज्ञवाली अर्जुनका परिवार र अभिभावक पत्ता लगाउन खटिएका थिए । घरपरिवारका बारेमा सोध्दा अर्जुन नदी, डुंगा, केही पर रहेको झोलुंगे पुल र कुसुम भन्ने ठाउँ मात्र याद भएको बताउँथे । कुसुम भनेपछि बाँके जिल्लामा ध्यान दिन थालियो । बालबालिका तथा खोजतलास केन्द्र दाङमा पनि ज्ञवालीले समन्वय गर्दा केही पत्ता लागेको थिएन । एक दिन ज्ञवाली बाँकेको कुसुम नै पुगे । त्यहाँ उनको भैरहवा–बुटवल सडकमा काम गर्ने एक मजदुरसँग कुराकानी भयो । ती मजदुरले आफ्नो घर बाँकेको राप्ती भएको बताए । उनको गाउँबाट कुनै बालक हराएको बारेमा सोध्दा ती मजदुरले १२/१३ वर्षअघि छिमेकीको बच्चा हराएको सुनाए ।
ती मजदुरले हराएका बालकका हजुरबुबा पनि आफूसितै काम गर्ने बताए । त्यसपछि ज्ञवालीले हजुरबुबालाई बोलाएर अर्जुनलाई देखाए । ‘उनले अर्जुन आफ्नो नाति भएको बताए,’ ज्ञवालीले भने, ‘उनीमार्फत् बाबुआमाका बारेमा जानकारी बटुल्यौं ।’ फोन नम्बर पत्ता लगाएपछि लुधियानामा रहेका अमरसँग सम्पर्क भयो । अमरले आफ्नो छोरो हराएको घटना विवरण फोनबाट सुनाए । अर्जुनको शरीरमा भएका खत वा कुनै प्रमाणका बारेमा सोध्दा अमरले बायाँ खुट्टा र टाउकामा चोट भएको बताए । सबै प्रमाण मिलेपछि अमर दम्पतीलाई छोरा लिन लुधियानाबाट बोलाइएको थियो । आश्रममा छोरा भेट्दा आमा लक्ष्मीका आँसु धेरैबेर थामिएनन् । बाबु र छोरा अंकमालमा बाँधिए । मंगलबार सबै कानुनी प्रक्रिया पूरा भयो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खुसी हुँदै परिवार गृहजिल्ला फर्कियो । भैरहवाबाट हिँड्ने बेलामा अमरले भने, ‘अब आमाछोरालाई यहीँ राख्छु । लुधियाना जाने कि नजाने निश्चित छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...