×

NMB BANK
NIC ASIA

किसानको बक्यौता नतिर्ने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलको बैंक खाता रोक्का गरिँदै

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने सर्लाहीको अन्नपूर्ण सुगर मिल, नवलपरासीका इन्दिरा सुगर मिल र लुम्बिनी चिनी कारखानाको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनीहरूको खाता रोक्का गर्न अर्थ मन्त्रालय र  नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै छ । 

Sagarmatha Cement
Muktinath Bank

‘किसानको ठूलो रकम नतिर्ने तीन उद्योगको आर्थिक कारोबार रोक्न बिहीबार नै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्छौँ,’ उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने, ‘भुक्तानी नदिएसम्म कारोबार रोक्का हुन्छ ।’ अन्नपूर्णका सञ्चालक राकेश अग्रवाललाई विद्युत् प्राधिकरणको ठेक्काको रकम पनि रोक्का गर्न ऊर्जा मन्त्रालयलाई अनुरोध गरिएको भट्टराईले बताए । अग्रवालले प्राधिकरणको प्रसारण तथा सबस्टेसन निर्माणका ३५ ठेक्का अलपत्र पारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग विभागका अनुसार देशभरका चिनी मिलले किसानलाई अझै एक अर्ब भुक्तानी दिन बाँकी छ । अन्नपूर्णले किसानलाई ३८ करोड १० लाख तथा इन्दिरा र लुम्बिनीले ११–११ करोड भुक्तानी गर्न बाँकी छ । भुक्तानी नगर्ने थप तीन उद्योगका सञ्चालक पनि सरकारको सम्पर्कमा छैनन् । रौतहटको बाबा बैजुनाथ चिनी उद्योग, नवलपरासीको बागमती खाडसारी चिनी मिल्स र कञ्चनपुरको महाकाली सुगर इन्डस्ट्रिजका सञ्चालक सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ । ‘सम्पर्कमा नआएका उद्योगका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन गृहलाई पुनः पत्राचार गरेका छौँ,’ मन्त्रालयका प्रवक्ता भट्टराईले भने । 


Advertisment
Nabil box
Kumari

किसानलाई सरकारले दिनुपर्ने अनुदान वितरणका लागि समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५’लाई मिलेसम्म खुकुलो बनाउन र किसानलाई सजिलोसँग अनुदान वितरण गराउन कृषि मन्त्रालयलाई आग्रह गरिएको भट्टराईले बताए । 

Vianet communication
Laxmi Bank

चिनी मिलले ०७० यताको एक अर्ब १६ करोड भुक्तानी नदिएपछि किसानले गत पुसमा काठमाडौंमा जम्मा भएर आन्दोलन गरेका थिए । किसानको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले १८ पुसमा पाँचबुँदे सम्झौता गरेको थियो । सम्झौताअनुसार ७ माघ अर्थात् मंगलबारसम्म चिनी उद्योगले सबै भुक्तानी गरिसक्नुपर्ने थियो । तर, तोकिएकोे समयभित्र उद्योगीले १६ करोड मात्रै भुक्तानी गरे । 

प्रतिबद्धता जनाएअनुसार चिनी उद्योगबाट उखुको पैसा नदिलाइदिएपछि उखु किसानले सरकारलाई बिहीबारसम्मको अल्टिमेटम दिएका छन् । बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गर्दै किसानहरूले बिहीबारसम्म खातामा पैसा जम्मा नभए शुक्रबारबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । १० माघ शुक्रबार कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ माघसम्म गाउँगाउँमा किसान जागरण अभियान गर्ने र १८ गते गोडैता नगरपालिका बजारमा किसान भेला भएर काठमाडौं केन्द्रित आन्दोलनको स्वरूप र मिति तय गर्ने उखु किसान संघर्ष समितिले जनाएको छ । 

आफैँले गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन् । समिति अध्यक्ष रामस्वार्थ रायले सरकार उद्योगीप्रति उदार र किसानप्रति कठोर बनेको आरोप लगाए । ‘सरकार किसानलाई विभिन्न ऐन–कानुन बनाएर दुःख दिने, अनि हामीलाई थाहै नदिई उद्योगीलाई मन्त्रालयमा भेट्न बोलाएर सहमति गर्ने ?’ उनले भने । 

सरकारले किसानको भुक्तानी तत्काल नगराए आन्दोलनमा जाने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । अर्का किसान मुकेशकुमार ठाकुरले सरकारको नियतमाथि प्रश्न गरे । ‘सरकारले देखाएको दोहोरो चरित्रले उसकै नियतमाथि शंका लागेको छ,’ ठाकुरले भने, ‘हाम्रो आन्दोलन अब सरकारविरुद्ध हुन्छ । 

सर्लाहीका उखु किसानले महालक्ष्मी सुगर मिलबाट नौ करोड ९० लाख र अन्नपुर्ण चिनी उद्योगबाट ४२ करोड भुक्तानी पाउन बाँकी छ । सरकारसँग भएको सहमतिपछि अन्नपूर्णले तीन करोड ९० लाख र महालक्ष्मीले ११ करोड ५० लाख मात्रै भुक्तानी गरेको मन्त्रालयको तथ्यांक छ । तर, यो पैसा किसानलाई नभई ठेकेदारलाई भुक्तानी गरेको किसानको आरोप छ । सर्लाहीका किसानले सरकारले दिने भनेको अनुदानबापतको ३५ करोड पनि पाएका छैनन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x