निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका आठजना भारतीय पर्यटकको पोस्टमार्टम गरिएको छ । काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँसो पोस्टमार्टम गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्नेछ । 

आफन्तले शव बुझिसकेको र शव भारत पठाउने तयारी भइरहेको उनले जानकारी दिए । ‘मृतकका एकजना आफन्त काठमाडौंमै बस्ने जानकारी पाएपछि हामीले सम्पर्क ग-यौँ’ उनले भने ‘अब भारतमा रहने आफन्तलाई सम्पर्कमा ल्याएर हवाई सेवामार्फत शव पठाइनेछ ।’ नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरेर बिहीबार दिउँसोसम्म शव पठाउने तयारी रहेको लम्सालले बताए ।


Advertisement

सामान्य हिटर माग्दा नपाएपछि रिसोर्टले ग्यासहिटर दिएको भ्रमणमा सँगै रहेका राम कुमारले बताए । ‘चिसो अत्यधिक थियो । ग्यासहिटरकै प्रयोग गरेर सुत्नुपर्ने बाध्यताका कारण साथीहरूको अकालमै ज्यान गयो’ उनले भने ।

भारतको केरलाबाट आएका १५ जना पर्यटक पोखरा घुमघाम सकेपछि मंगलबार राति ९ः३० मा दामन आएका थिए । स्तरीय होटेल खोज्ने क्रममा उनीहरू पानोरमा पुगेको थिए । तीमध्ये दुई परिवारका आठजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्