अस्ट्रेलियामा डढेलो निभाउन उपयोग गरिएको जलवाहक विमान बेपत्ता

अस्ट्रेलियमा लागेको डढेलो निभाउनका लागि उपयोग गरिँदै आएको एक जलवाहक विमान बेपत्ता भएपछि अधिकारीहरूले खोजी गरिरहेका छन् । बिहीवार बेपत्ता भएको विमान दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । 

ग्रामीण अग्निशमन सेवाका अधिकारीहरूले विमानको खोजीमा हेलिकप्टरहरू पठाइएको र विमान न्यु साउथ वेल्स राज्यको स्नोवी मोनारो क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुन सक्ने बताए । 


Advertisement

डढेलोका कारण बिहीवार क्यानबेरा विमानस्थल बन्द गरिएको छ अनि शहरको दक्षिणी भागमा रहेका निवासीहरूलाई आश्रयस्थल खोज्न भनिएको छ । 

बुधवार क्यानबेरामा डढेलो आइपुगेको थियो र उच्च तापक्रमका कारण स्थिति झनै बिग्रिएको छ । 


Advertisement

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्