×

NMB BANK
NIC ASIA

गण्डकीमा मतदानको रौनक : नारायणकाजी र भगवती ढुक्क, कांग्रेस बढारिने !

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभा सदस्य निर्वाचन लागि गण्डकी प्रदेशमा मतदान जारी छ । मतदान शुरू भएको २ घण्टाभित्र झण्डै ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

Muktinath Bank

पोखराको राष्ट्रबैंक चोकस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा मतदान व्यवस्था मिलाइएको छ । मतभारका हिसाबले गण्डकीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवारको जित सुनिश्चितजस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाबाट अन्यमा पार्टी प्रवक्ता समेत रहेका गोेरखाका नारायणकाजी श्रेष्ठ र महिलातर्फ तनहुँकी भगवती न्यौपाने उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मतदान गरिसकेका छन् । मतदान दिउँसो ४ बजेसम्म चल्नेछ ।

Vianet communication
Laxmi Bank

गण्डकीबाट ५ जनाको उम्मेदवारी छ ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवैै पदमा मनोनयन दर्ता गराएकोमा प्रदेश र प्रतिनिधिसभाको उपचुनावमा सहकार्य गरेको राष्ट्रिय जनमोर्चाले एक पदमा मात्रै उम्मेदवारी दिएको छ ।

कांग्रेसबाट अन्यमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचन प्रतिस्पर्धामा छन् । जनमोर्चाबाट कास्कीका शंकर बरालमात्र छन् ।

गण्डकीमा सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि यहाँ चुनाव हुन लागेको हो ।

गण्डकीमा नेकपाबाट पूरा कार्यकाल पाउनेमा अन्यतर्फ गणेश तिमिल्सिना, दीननाथ शर्मा, महिलातर्फ शान्ति जिसी र दीपा गुरुङ छन् भने दलितमा खेमबहादुर विक यसअघि नै निर्वाचित भएका थिए भने कांग्रेसका प्रकाश पन्थ अपाङ्गता कोटाबाट सांसद बनेका छन् ।

गण्डकीमा नेकपाको मतभार एकलौटी छ । नेकपाका १ सय २३ मतदाता छन् भने कांग्रेससँग ९८ र राष्ट्रिय जनमोर्चासँग ६ मत छ । समाजवादी पार्टी र राप्रपाको २/२ मत छ ।

मतभार हिसाब गर्दा नेकपाको मात्रै ३ हजार ४ सय १४ मतभार छ भने कांग्रेससँग २ हजार १ सय ९६ मतभार छ ।

नेकपाबाहेक अरू सबै पार्टी मिल्दा पनि चुनाव जित्न मत पर्याप्त हुँदैन । राष्ट्रिय जनमोर्चा १ सय ९८, समाजवादी पार्टी ९६ र राप्रपाको ३६ मतभार छ ।

गण्डकीमा प्रदेशसभा सदस्य ६० जना छन् भने ८५ स्थानीय तह छन् । यसरी कुल २ सय ३० मतदाता छन् ।

प्रदेश सभा सदस्यको प्रतिमतदाता ४८ मतभार हुन्छ भने स्थानीय तहमा प्रतिमतदाता १८ हुन्छ । यसरी कुल ५ हजार ९ सय ४० मतभार हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x