×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरू अघि सरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार साँझ सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य शीर्ष नेतालाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएर पार्टीको विवाद हल गर्ने पहलकदमी लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा सभापति देउवा, वरिष्ठ नेता पौडेलका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उपस्थित थिए ।


Advertisment
Nabil box
Kumari

‘तपाईंको स्वास्थ्य कस्तो छ ?’ छलफलको शुरूमै देउवाले वरिष्ठ नेता पौडेलसँग सोधे । पौडेलको रक्तचापमा समस्या देखिएपछि उपचारका लागि पुस २८ गते भारतको राजधानी नयाँदिल्ली उडेका थिए । 

Vianet communication
Laxmi Bank

दिल्ली जानुभन्दा एक दिनअघि देउवासँग भेटेर महाधिवेशन कार्यतालिका तत्काल सच्याउनुपर्ने माग राखेका थिए । ५ दिने दिल्ली बसाईंपछि नेपाल फर्किएका पौडेल र देउवा बुधवार साँझ आमनेसामने भएका हुन् । 

सभापति देउवाले आफ्नो स्वास्थ्यप्रति गरेको चिन्तालाई धन्यवाद भन्दै पौडेलले अहिले आफ्नो रक्तचाप सामान्य रहेको बताए । ‘मेरो स्वास्थ्य ठूलो कुरा होइन, पार्टीको स्वास्थ्य ख्याल गर्नुस्,’ पौडेलले यस्तो जवाफ देउवालाई फर्काउँदा उपस्थित अन्य नेताहरू एकछिन हाँसे ।

हाँसो सकिएपछि उपसभापति निधिले गत सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता सिटौला, प्रकाशमान सिंह र आफूबीच भएको छलफलको ब्रिफिङ सुनाए ।

३ नेताबीच भएको छलफलमा देउवाको प्रतिनिधित्व गरेका निधिले पुस ११ गते बसेको केन्द्रीय समितिको बहुमतले गरेका कतिपय निर्णयहरू सच्याउन आफूहरू तयार रहेको विश्वास दिलाएका थिए । 

निधि, सिंह र सिटौलाबीच पौडेल दिल्ली गएको भोलिपल्ट पुस २९ गते, माघ १ गते र ६ गते छलफल भएको थियो ।

स्रोतको दाबीअनुसार केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर जिल्ला र प्रदेश अधिवेशनको मिति सार्न सकिने, विभागको संख्या केही घटाउन सकिने र अब गठन हुने नेविसंघको तदर्थ समितिमा दुवै पक्षबाट सम्मानजनक उपस्थिति राख्न सकिने विषयमा सभापति देउवा लचक भएका छन् ।

यति मात्र नभई क्रियाशील सदस्यता छानबिन गर्न समिति गठन हुनुपर्ने पौडेलको मागलाई देउवाले कसरी सम्बोधन गर्छन् त्यो हेर्न बाँकी छ ।

तर पौडेलपक्षले भने देउवा लचक भएर मात्र नपुग्ने बताउँदै आइरहेको छ । 

‘विधानविपरीत पार्टी कब्जा गर्ने खेलमा लाग्ने अनि विरोध भएपछि लचक छु भन्दिने ?’ पौडेलपक्षीय एक केन्द्रीय सदस्यले आक्रोश पोखे, ‘लचक भएर मात्र हुँदैन, गल्ती गरेपछि त्यसलाई महसूस गर्नुपर्छ र अब यस्तो नगर्ने विश्वास दिलाउनुपर्छ ।’

तर निधि, सिंह र सिटौलाबीचको निरन्तरको छलफलले कांग्रेसभित्र मध्यमार्गी हल पत्ता लगाएर अघि बढ्ने सम्भावना बढेको देखिएको छ ।

बुधवार साँझको बैठक सौहार्दपूर्ण रहेको छलफलमा उपस्थित एक नेताले बताए तर पौडेलले अब बस्ने केन्द्रीय समितिमा सभापति देउवाले आफूबाट गल्ती भएको स्वीकार्नुपर्ने अडान लिएका थिए । 

करीब ४ घण्टा चलेको छलफलको अन्त्यतिर देउवाले प्रस्ताव गरे, ‘हामी शुक्रवार पनि बसौं ।’ त्यसपछि सबै नेताहरूले टाउको हल्लाए । पौडेल पनि केही बोलेनन् ।

‘शुक्रवारसम्म आफूनिकट नेताहरूसँग परामर्श गरेर अघि बढ्ने सभापतिको मनस्थिति देखियो,’ बैठकमा उपस्थित एक नेताले लोकान्तरलाई बताए ।

गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतको आडमा महाधिवेशन कार्यतालिका तोक्ने लगायतका अन्य महत्त्वपूर्ण निर्णय गरेपछि वरिष्ठ नेता पौडेलले पार्टीको औपचारिक बैठकमा सहभागी नहुने घोषणा नै गरेका थिए ।

तर पछिल्लो समय अनौपचारिक छलफलमा देउवा र पौडेल बढी देखिन थालेका छन् । 

बिग्रिँदै गएको वातावरणलाई सहजताका साथ हल गर्ने जिम्मा दोस्रो तहका नेताहरूले लिएका थिए ।

विवाद झन् गहिरिँदै गएपछि घोषणा नभएको भएपनि निधि, सिंह र सिटौलाले कार्यदलस्तरमै संवाद कार्यलाई जारी राखेका थिए । 

योबाहेक पौडेल र सिटौलाले क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । 

महाधिवेशनलाई प्रभावित पार्न क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा नै निलम्बन गरेर अघि बढ्न खोजेको आरोप देउवामाथि लाग्दै आइरहेको छ । 

कांग्रेस केन्द्रीय समिति सदस्य हृदयराम थानीले मिल्न नसक्ने विषय केही नरहेको तर बीचमा ‘इगो’को समस्या देखिएको बताए । 

लोकान्तरसँग कुरा गर्दै थानीले भने, ‘आज कांग्रेस राष्ट्रियसभा सदस्य निर्वाचनमा देशैभर हारको संघारमा छ, यस्तो अवस्थामा पनि कांग्रेसभित्रको विवाद समाधान गर्न नेताहरू असफल भए भने के सन्देश जाला ?’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x