फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
माघ ९, २०७६
नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा चितवनकी संगीता बस्यालले ६२ केजी तौल समूहमुनि स्वर्ण पदक जितिन् । तर तिनै संगीतालाई १४ वर्षको उमेरमा तेक्वान्दो भन्ने खेल हुन्छ भन्ने नै थाहा थिएन रे !
त्यो बेला उनले कराँते खेलमात्रै सुनेकी थिइन् । उनी स्कूल जाँदा बाटोबाट मान्छेहरू चिच्याएको सुन्थिन् । एक दिन होइन, दुई दिन होइन । जहिल्यै मानिसहरू चिच्याएको आवाज उनको कानमा ठोक्किन्थ्यो ।
एकदिन उनलाई बुझ्न मन लाग्यो- होइन, मानिसहरू किन जहिल्यै चिच्याउँछन् ? त्यो पनि एकै स्वरमा ।
चिच्याएकै ठाउँमा पुगेपछि उनले थाहा पाइन्- यो पनि एउटा गेम रहेछ । सेतो ड्रेस लगाएर किक हान्ने खेललाई तेक्वान्दो भन्दा रहेछन् ।
किशोरावस्थामा भर्खरै पाइला चाल्दै थिइन् उनी । अरूले जे गर्यो त्यही गर्न मन लाग्ने । संगीतालाई पनि अरूले जस्तै सेतो ड्रेस लगाएर किक हान्न मन लाग्यो ।
अनि शुरू भयो तेक्वान्दो यात्रा
१४ वर्षको उमेरमा संगीता र बहिनीले बाफल तेक्वान्दो डोजाङमा भर्ना भए । राम गिरी गुरु थिए । दशैंको समय थियो । उनीहरू फ्री थिए । दशैंको एक महिने बिदामा उनीहरूले तेक्वान्दो सिके ।
सिक्न त जान्थे तर बुवाआमाकै पूर्ण रूपमा समर्थन थिएन । घरबाट तेक्वान्दो सिक्न जान अनुमति थियो तर नखेले हुन्थ्यो भन्थे रे !
'केटाले खेल्ने गेम किन खेल्नुपर्यो भन्नुहुन्थ्यो । ड्याडीले हुन्न भन्नुहुन्थ्यो भने ममीले कुनैकुनै कुरामा मैले तेक्वान्दो नखेलिदिएहुन्थ्यो जस्तो गर्नुहुन्थ्यो,' संगीताले शुरूआती दिन सम्झिइन् ।
उनले तेक्वान्दो सिक्नका लागि बुवाआमासँग पैसा पनि मागिनन् पहिला । भन्छिन्, 'हजुरआमाले तेक्वान्दोको लागि पैसा दिनुहुन्थ्यो ।'
स्कूल पाँच बजेसम्म हुन्थ्यो । हतारहतार घर गएर ड्रेस चेन्ज गरेर छिटोछिटो तेक्वान्दो खेल्न गइहाल्थिन उनी । अनि सात बजे फर्किन्थिन् । उनले बाफलस्थित ज्ञानोदय स्कूल पढ्दै तेक्वान्दो सिकिन् ।
***
ह्वाइट बेल्टमै हुँदा उनले पहिलो टुर्नामेन्ट खेलेकी थिइन् । उनको भनाइअनुसार राम्रै प्लेयरसँग फाइट परेको थियो । त्योबेला नकआउट खाइन् । अनुभव नभएका कारण हारेको उनी बताउँछिन् ।
त्यतिबेलै उनले सोचेकी रहिछिन्- हारेर के भो त, सिक्न बाँकी छ । मेहनत गर्छु । एकदिन सफल कसो नहुँला र !
म गेमहरूमा भाग लिइरहन्थिन् । तर खाली हात हुँदैनथ्यो । कहिले सिल्भर त कहिले ब्राउन्च जित्थिन् उनी । तर गोल्ड मेडल जित्न सकेको थिइनन् । उनलाई अरूले गोल्ड मेडल जितेर खुशी भएको देख्दा आफूले त्यो सफलता कहिले हासिल गर्ने होला भन्ने मनमा लागिरहन्थ्यो रे ! यतिसम्म कि आफूले कहिले गोल्ड मेडल जित्न सक्तिनँ कि भन्ने सम्म सोचेकी रहिछिन् ।
मनमा गोल्ड मेडलको सपना पाल्दै उनी लगातार लागिरहिन्, मेहनत गरिरहिन् । उनको मेहनतले धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा मूर्त रूप पायो । अर्थात् पहिलो गोल्ड मेडल जितिन् ।
त्योबेला उनी भर्खरभर्खर नेसनल टीममा परेकी थिइन् । 'म त्योबेला एपीएफबाट कन्ट्र्याक्टमा खेल्थेँ । त्यो बेला सेमिफाइनल चाहिँ पुलिसको खेलाडीसँग परेको थियो,' पहिलो स्वर्ण पदक जित्दाको क्षण सम्झिँदै उनले भनिन्, 'फाइनल चाहिँ आर्मीकै खेलाडी थिइन् ।
राम्रै भयो गेम । तीन वटै फाइट जितेँ ।' त्यसपछि उनले एकाध खेलबाहेक गोल्ड मेडल जितिरहेकी छन् ।
गेम सकेर घर फर्कँदा कहिले चोटपटक लागेको हुन्थ्यो । हो, त्यहीबेला उनलाई बुवाआमाले 'नखेल' भन्दारहेछन् । तर छैटौंमा गोल्ड जितेपछि उनी पत्रिकामा छापिइन् । त्यसपछि भने घरबाट पूर्ण रूपमा सपोर्ट पाइन् ।
छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा मैले गोल्ड मेडल जितेर ह्याट्रिक गरिन् । उनी भन्छिन्, 'त्यो सपना थियो, पूरा गरेँ ।
त्यसपछि नेपालमा दोस्रो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगिता भएको थियो । त्यसमा पनि गोल्ड मेडल जितिन् । 'यो नै मेरो जीवनको अविस्मरणीय क्षण हो । किनकी यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो,' उनले भनिन्, 'त्यो बेला मेरो खुशीको सीमा थिएन । त्यसपछि पाँचौं, छैटौं र आठौं कोरियन एम्बास्डरमा गोल्ड मेडल जितेँ ।'
त्यो हार …
१२ औं सागमा उनलाई देशको प्रतिनिधित्व गरेर खेल्न ठूलो चाहना थियो । सेलेक्सन पनि खेलिन् । तर आयुषा शाक्यसँग फाइनलमा हारिन् । उनले भारतमा भएको सागमा सहभागिता जनाउन पाइनन् ।
त्यो हारबाट उनी कति पनि विचलित भइनन् । किनभने उनलाई थाहा थियो आफूले राम्रो खेलाडीसँग हारेको । त्यसपछि उनले मेहनतको दायरालाई बढाइन् । भन्छिन्, 'हार्दा खेरि राम्रो खेलाडीसँग हारेको थिएँ । अब मैले अझै मेहनत गर्नुपर्छ । एसियन गेमहरू पनि छ । त्यसमा राम्रो गर्नुपर्छ भनेर ट्रेनिङमा मेहनत गरेँ ।' एसियन गेममा चान्स पनि पाइन् तर मेडल आएन ।
अर्को सागमा मेहनत गरेर जसरी पनि गोल्ड मेडल ल्याउँछु भन्ने अठोट गरिन् उनले । उनलाई अहिले त्यो सपना पूरा गरेको गरेको जस्तो लाग्छ । 'त्यो सपना पूरा गरेँ, खुशी छु,' उनले सुनाइन् ।
सागका कुरा
साग गेम हुनुभन्दा एक महिना अगाडि उनी ट्रेनिङको लागि चीन गएकी थिइन् । त्यहाँको ट्रेनिङले सागमा मेडल ल्याउन सपोर्ट भएको उनको भनाइ छ । 'धेरै कुरा सिक्न पाइयो । नेपाल आएर पनि धेरै ट्रेनिङ गर्यौं । गुरुहरूले पनि कसरी स्कोर गर्ने भन्ने टिप्सहरू दिनुभयो,' संगीताले सफलता पछाडिका कुरा सुनाइन् ।
***
उनले केही समयअघि सम्पन्न सागमा ६२ केजीमुनि तौल समूहबाट खेलेकी थिइन् । फाइलमा भारतीय खेलाडी गगनजोत गिलसँग परेको थियो । भारतको भनेपछि उनको मनमा डरले डेरासमेत जमाएको रहेछ ।
'अपोनेन्टलाई कमजोर सम्झनुहुन्न भन्ने फील भयो तर जसरी पनि मेडल ल्याउनुपर्छ भन्ने सोचेर जसरी पनि जित्नैपर्ने दबाबमा थिएँ म,' उनी सम्झिन्छिन्, 'रिङभित्र गएर जसरी पनि उविरुद्ध स्कोर ल्याउनपर्छ । उसलाई स्कोर गर्न दिनुहुन्न भन्ने मात्रै दिमागमा थियो ।'
बुवाको सरप्राइज
उनले स्वर्ण पदक जितेको खेल बुवाले पनि लाइभ हेरे । तर हलमा उनको बुवाको आगमन 'सरप्राइज' थियो । बुवा आउनेबारे उनलाई थाहा थिएन ।
'ड्याडी आउनुहुन्छ भन्ने थाहा थिएन । म गेमको लागि प्रतीक्षामा थिएँ, ठ्याक्कै देखेँ,' उनले त्यो क्षण सुनाइन् ।
बुवालाई देखेपछि उनी एकछिन छक्क परिन् ।
के बोलुँ, के बोलुँ भएछ- 'गेम हेर्न आउनुभएको ?' भनिछन् ।
बुवाले 'अँ' भनेछन् ।
'ममीले ड्याडीलाई भन्नुभएको रहेछ मेरो गेम छ भनेर । जे होस्, हेर्नुभयो । खुशी हुनुभयो,' उनी केही भावुक सुनिइन् ।
उनले अब जीवन खेलमै बिताउने बताइन् । 'यदि मैले खेल्न सकिनँ भने कोचको भूमिका पनि निभाउन सक्छु,' उनले कुराकानीको बिट मार्दै भनिन्, 'बच्चाहरूलाई सिकाएर पनि बस्न सक्छु । यो पछिको कुरा हो ।'
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...