कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठका नाममा रहेको साढे ९ रोपनी जमिनको एकीकृत सम्पत्ति कर १० हजार २ सय रुपैयाँ थियो । पुस मसान्तसम्म तिरे छुट हुने भएकाले उनका छोरा राजेन्द्र र भूपेन श्रेष्ठले ९ हजार ५ सय रुपैयाँ तिरे । उनीहरूले गत वर्ष यही जग्गाको कर २ हजार ९ सय रुपैयाँ तिरेका थिए ।
नगरपालिकाको भिन्तुनाडाँडा क्षेत्रमा रहेको जग्गाको वार्षिक कर चन्द्रकला आफैंले तिर्ने हो भने सक्दिनन् । उनको यो जमिनमा नगरपालिकालाई कर तिर्न पुग्ने बराबरको पनि अन्न उत्पादन हुँदैन । अन्नबाहेक अरू खेती लगाउने उपाय पनि छैन ।
कर तिर्नका लागि चन्द्रकलाले घडेरीका रूपमा जग्गा बेच्नुपर्छ । ‘मन्दीका कारण अहिले घडेरी पनि बिक्दैन,’ छोरा राजेन्द्रले भने, ‘नगरपालिकाको कर त अति नै भयो ।’ उनले यत्तिका कर आफूहरूले वार्षिक रूपमा तिर्न नसक्ने जानकारी नगरपालिका प्रमुखदेखि प्रशासकीय अधिकृतसम्मलाई गराएको बताए ।
छिमेकी गणेश दाहालले पनि आफ्नी आमाका नाममा रहेको जमिनको कर १७ हजार एक सय रुपैयाँ बुझाए । उनले गत वर्ष तीन हजार एक सय रुपैयाँ तिरेका थिए । दाहाल प्रत्येक आर्थिक वर्ष सुरु हुनासाथ जग्गाको कर बुझाउँथे । यो वर्ष पनि समयमै गएका उनी करको दर सुनेर जिल्ल परे ।
जसोतसो उनले कर त बुझाए तर सन्तुष्ट छैनन् । सुकेटार जाने सडकले काटेको जमिनमा लगाउने गरिएको कोदो र मकैले वर्षभरिमा यत्तिका रकम आम्दानी हुँदैन । उनले भने, ‘मेरो जग्गा तपाईंहरू नै राख्नुहोस् भनेर नगरपालिकालाई जिम्मा लगाउनुपर्छ जस्तो भएको छ ।’
राजेन्द्र र गणेश मात्रै नभएर कर तिर्ने हरेकले स्थानीय सरकारले लगाएको कर अचाक्ली भएको गुनासो गरिरहेका छन् । यही वर्ष नगर राजपत्र प्रकाशित गरेर नगरपालिकाले बढी कर लिन थालेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश तिमल्सिनाले केन्द्र सरकारले दिएको परिधिमा रहेर कर निर्धारण गरिएको दाबी गरे । उनले भने, ‘सरकारले नगरपालिकाको वार्षिक आन्तरिक आय कम्तीमा तीन करोड रुपैयाँ हुनुपर्ने अन्यथा अनुदान रकममा हेरफेर हुने भनेकाले पनि करवृद्धि गर्नुपरेको हो ।’
इलाम नगरपालिका सिङ्फ्रिङका मिलन भण्डारीले ५२ रोपनी ७ आना जग्गाको एकीकृत सम्पत्ति कर आर्थिक वर्ष ०७४/७५ मा ५ सय ५० रुपैयाँ तिरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा उनले यही जग्गाको ४ हजार २३६ रुपैयाँ कर तिरे । नगरपालिका भए पनि ग्रामीण क्षेत्रमा उनको घरजग्गा छ । घरसम्म पुग्ने सडक कालोपत्रे भए यही जमिनको कर प्रतिआना ५० रुपैयाँका दरले ४१ हजार ९५० तिर्नुपर्ने नगरकै कर्मचारीबाट जानकारी पाएपछि उनी झनै डराएका छन् । उनको केही जमिनमा खेतीपाती छ भने केही पाखोबारी छ । ‘कालोपत्रे सडक त चाहिएको छ तर करको कुरा सुनेपछि मनै भरंग भएको छ,’ उनले भने । यसअघि इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले कर लगाएको थियो तर नगरवासीको तीव्र विवादका कारण त्यसलाई हटाएको छ । यसअघि लिँदै आएको दमकलको २० प्रतिशत कर खारेज गरेको छ । सडकबत्तीको २० प्रतिशत कर पनि हटाएको छ तर व्यवसाय करमा भने १० प्रतिशत वृद्धि गरेको छ ।
नगरपालिकाले करवृद्धि गर्दा सेवासुविधा र पूर्वाधार विकास पनि उत्तिकै हुने अपेक्षा नगरवासीले गरेका थिए । त्यतातिर भने खासै काम भएको छैन । ‘यसअघि प्रतिरोपनी ३ रुपैयाँ तिरेको स्थानमा अहिले ६४ भएको छ,’ इलाम नगरपालिकाका एक वडाध्यक्षले भने, ‘सेवासुविधा चाहिँ बढाउन सकिएको छैन, बासिन्दालाई कसरी सन्तुष्ट पार्ने ?’
बढी उठाउने मात्रै ध्याउन्न
खोटाङका विभिन्न पालिकाले स्थानीय सरकार सञ्चालनका लागि भन्दै अनेक किसिमका कर संकलनलाई तीव्रता दिएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले व्यक्तिगत पसल दर्ताबापत एक सय २० रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँसम्म कर लिने गरेको छ । कृषि, सहकारीलगायत विभिन्न फर्म तथा उद्योग दर्ताबापत एक हजार ६ सय ५० रुपैयाँ कर लिने गरेको छ । ढुंगा, गिट्टी, बालुवालगायतमा पनि कर उठाइएको छ । निजी खानीको बालुवाबाट प्रतिट्रक सात सय, ढुंगा प्रतिट्रक छ सय र गिट्टी प्रतिट्रक एक हजार ५ सय रुपैयाँ लिने गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख ढुण्डीराज पाण्डेले बताए ।
त्यसैगरी, सार्वजनिक जग्गाको गिट्टी प्रतिट्रक तीन हजार, ग्राबेल गिट्टी प्रतिट्रक २ हजार ५ सय, माटो मिसिएको मिनगिट्टी प्रतिट्रक २ हजार एक सय, ढुंगा प्रतिट्रक एक हजार २ सय, बालुवा प्रतिट्रक २ हजार एक सय लिने गरेको उनले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाले पनि कर संकलनलाई तीव्रता दिएको छ । पसल, उद्योग दर्तालगायतमा कर लिन सुरु गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । पसलको पाँच सयदेखि एक हजार ६ सय ५० रुपैयाँसम्म, उद्योग दर्ताका लागि सात सय रुपैयाँ र बालुवाको प्रतिट्रक सात सय रुपैयाँ लिने गरिएको उनले जनाए ।
रावाबेंसी गाउँपालिकाले भने यातायातमा मात्र कर लिँदै आएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाका अनुसार सुमोबाट ४० रुपैयाँ तथा बसबाट एक सय रुपैयाँका दरले रकम लिने गरिएको छ । गाउँपालिका क्षेत्रबाट अवैध रूपमा ढुंगा, गिट्टी, बालुवालगायत सामग्री सदरमुकाम दिक्तेल लगिरहेका नौ वटा ट्र्याक्टर जिल्ला समन्वय समिति खोटाङले पक्राउ गरेपछि त्यो काम बन्द गरिएको थापाले जनाए । कतिपय गाउँपालिकामा भर्खर संरचना बन्दै गरेकाले करसम्बन्धी योजना निर्माणको चरणमै रहेको अध्यक्षहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...