×

NMB BANK
NIC ASIA

प्रधानाध्यापकद्वारा दुई छात्रामाथि यौन दुव्र्यवहार

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन्। 

Muktinath Bank

उनीहरू आफूलाई अध्यापन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन्। सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट आफूहरू यौन दुव्र्यवहारको शिकार भएको छात्राहरूले बताएका छन्।


Advertisment
Nabil box
Kumari

मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जा“दा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्रामध्येकी एकको भनाइ छ। 

Vianet communication
Laxmi Bank

माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा बिहीबार मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुव्र्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

मोलवी अमिरुद्दिनले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक छात्रालाई समेत यौन दुव्र्यवहार गरेको खुलासा भएको छ।

दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्दिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको पीडित छात्राले बताएकी छिन्। 
२०६४ सालदेखि सो मदरसामा अध्यापन गराउ“दै आएका मोलवी अमिरुद्दिनले छात्राहरूलाई यसअघि पनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयले बताएका छन्। कयौं पटक घटना घटाए पनि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएको स्थानीयले दाबी गरेका छन्। 

पीडितका आफन्तले घटनाका विषयमा प्रहरीलाई जानकारी गराएपछि आरोपीका छोराहरूले तरबार देखाउँदै धम्क्याएको पीडितका आफन्तको भनाइ छ। 

घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन्। उजुरी आएको पुष्टि गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले आरोपीविरुद्ध बालयौन दुव्र्यवहारको मुद्दा अघि बढाइने जानकारी दिनुभयो। उहाँले आरोपीको खोजी गर्न प्रहरी खटिए पनि घरमा फेला पर्न नसकेको बताए। नेपाल समाचारपत्रमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x