×

NMB BANK
NIC ASIA

स्वास्थ्य सेवाको पहुँच बढ्दा शिशु र मातृ मृत्युदर शून्य

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृ मृत्युदर शून्यमा झरेको छ । 

Muktinath Bank

बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरघर पुगेर खोप लगाउने कार्य शुरूआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिइन् । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशतभन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनले दाबी गरिन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रमा वडा नम्बर ६ र ७ का वासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ । अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय वासिन्दा सेवा लिन जाने गरेका छन् ।

Vianet communication
Laxmi Bank

स्थानीय दानी गिरीले घर नजिकै स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताए । शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नम्बर १७ का वासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन् । केन्द्रले वडा नम्बर १७ देखि वडा नम्बर ५, ११ र १२ का वासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत ४ वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ । 

केन्द्रका अनमी शारदा सिंहका अनुसार १ वर्षको अवधिमै ४ हजार ३०० जनाले सामान्य उपचार सेवा पाएका छन् । तीमध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन् । सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९६६ जनाले लिएका छन् । १ हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् । 

भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन १६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको छ । भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ । केन्द्रबाट वडा नम्बर २, १५, १८ र १९ का दैनिक ७० वासिन्दा लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ । 

नगरपालिकाको वडा नम्बर ९ मा शहरी स्वास्थ्य केन्द्र भवन १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । केन्द्रको अर्को भवन २५ लाख रुपैयाँको लागतमा चालू आवमा निर्माण हुने वडाध्यक्ष राम नाथले जानकारी दिए ।

टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन १० लाख रुपैयाँ र खल्लामा रहेको गाउँघर क्लीनिक भवन १२ लाख रुपैयाँमा निर्माण गरिएका छन् । स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय वासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्थ्यो ।  सो वडाको जनसंख्या १० हजार रहेको छ ।

नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x