×

NMB BANK
NIC ASIA

अमेरिकामा नक्कली बिहे गर्ने नेपालीलाई एक महिनाको जेल सजाय, ४ हजार डलर जरिवाना

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको मेनमा बस्ने एक महिलालाई नक्कली विवाह गर्नका लागि पैसा तिर्ने एक नेपालीलाई बुधवार एक महिनाको कारावास सजाय दिइएको छ । देशमा बसिरहन र काम गरिरहनका लागि उनले नक्कली विवाह गरेका थिए । 

Muktinath Bank

क्यालिफोर्नियाको कुपर्टिनोमा बस्ने एइलोभ श्रेष्ठले बांगोरमा रहेको यूएस डिस्ट्रिक्ट कोर्टसमक्ष दोष स्वीकार गरेका छन् । वैवाहिक ठगीको मामिलामा उनले दोष स्वीकार गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश लान्स वाकरले श्रेष्ठलाई एक महिना कारावास सजायका साथै दुई वर्ष निगरानी (प्रोबेसन)मा बस्नुपर्ने अनि चार हजार डलर जरिवाना तिर्नुपर्ने सजाय पनि दिएका छन् । न्यायाधीशले श्रेष्ठलाई फेब्रुअरी २६ मा कारागारसमक्ष हाजिर हुन आदेश दिएका छन् । त्यतिखेरसम्मका लागि उनी पाँच हजार डलर जमानत तिरेर स्वतन्त्र छन् ।


Advertisment
Nabil box
Kumari

वाकरले श्रेष्ठमाथि दोष ठहर भएका कारण उनलाई नेपाल फिर्ता पठाइने सम्भावना रहेको बताए । 

Vianet communication
Laxmi Bank

‘तिमी सुशिक्षित, मेधावी र मेहनती छौ,’ वाकरले सजाय दिँदै गर्दा श्रेष्ठलाई भने । ‘तर तिमी आँँखा खोलेर ठगीमा लाग्यौ । के गरिरहेको छु भन्ने तिमीलाई थाहा थियो । सही काम गर्ने कि अवैध काम गर्ने भन्ने विकल्प तिमीसमक्ष हुँदा तिमीले अवैध बाटो रोज्यौ ।’

श्रेष्ठले आफ्ना क्रियाकलापका लागि माफी मागे अनि आमाको चिन्ता लागेको बताए । उनकी आमा क्यालिफोर्नियाको सारातोगामा रेस्टुराँ चलाउँछिन् र अंग्रेजी बोल्न जान्दिनन् । उनी आमासँगै काम गर्छन् । 

‘म त्यहाँ भइनँ भने रेस्टुराँ बन्द गर्नुपर्ने हुन्छ र त्यसले परिवारमा असर पार्छ,’ उनले वाकरलाई भने । कारावास सजाय भन्दा पनि प्रोबेसनमा आफूलाई राखेहुन्थ्यो भनी उनले अनुरोध गरे । 

उनका प्रतिरक्षक वकिल वर्ने पारादी जुनियरले सन् २०१८ मा श्रेष्ठसँग अस्थायी संरक्षित हैसियत (टेम्पोरेरी प्रोटेक्टिभ स्टेटस) रहेको बताए । 

‘ट्रम्प प्रशासनले त्यसलाई स्थगित गर्‍यो अनि उनी आत्तिए,’ वकिलले भने । 

श्रेष्ठ नर्थ क्यारोलाइनामा बसिरहेका थिए र उनले १८ महिनाअघि अमेरिकी महिलासँग विवाह गर्न खोजेका थिए किनकि उनको कामदार भिसा सन् २०१८ को जुन २४ मा सकिँदैथियो । त्यसै वर्षको जुन १३ मा उनले अन्लाइन भेटिएका चारजनालाई इमेल पठाए र अनि प्रत्येकलाई स्थायी निवासी हैसियत अर्थात् ग्रीन कार्ड पाउनका लागि विवाह गर्न चाहेको बताए । 

ह्याम्पडेनमा बस्ने मारेना मुशेरोले १३ हजार डलर लिएर श्रेष्ठसँग विवाह गर्न सहमति जनाइन् । उक्त रकम किस्तामा तिर्नुपर्ने थियो । उनले ग्रीन कार्डका लागि विवाह गर्न इच्छुक व्यक्तिसँग पैसा लिएर बिहेका लागि तयार रहेको भनी अन्लाइन विज्ञापन गरेकी थिइन् । 

इमेल, एसएमएस र फोन कलहरूमा श्रेष्ठ र मुशेरोले सूचना आदानप्रदान गरे अनि सन् २०१८ को जुन २५ मा ब्रुअर भन्ने ठाउँमा नोटरी पब्लिकसमक्ष विवाह गरे । उनीहरूले विवाह समारोहको तस्वीर बांगोर क्षेत्रमा रहेको एक रेस्टुराँ र मोटेलमा खिचे । त्यस मोटेलमा श्रेष्ठ दुई दिनसम्म बसे अनि विवाहलाई वैधता दिने कागजात तयार पारे । श्रेष्ठले मेनबाट जानुअघि मुशेरोसँग संयुक्त बैंक खाता र मोबाइल फोन अकाउन्ट खोले । 

श्रेष्ठले त्यसपछि मुशेरोलाई सन् २०१८ को जुन २१ देखि जुलाई २५ सम्म तीन हजार डलर पठाए । त्यसै वर्षको अगस्ट महिनामा मुशेरोलाई चोरीको आरोपमा प्रोबेसनको उल्लंघन गरेकोमा पक्राउ गरियो । त्यसपछि उनले अगस्ट ६ मा अधिकारीहरूलाई नक्कली विवाहको कुरा सुनाइन् । 

मुशेरोले मेन करेक्सनल सेन्टरमा १० महिनाको कारावास सजाय भोगिरहँदा श्रेष्ठले उनलाई पैसा पठाउन छोडे । उनी पक्राउ परेपछि उनीहरूबीचको संवाद बन्द भयो । 

मुशेरोलाई गत अप्रिल महिनामा पाँच वर्षको प्रोबेसन सजाय दिइएको छ । वैवाहिक ठगीको आरोपमा उनले दोष स्वीकार गरेपछि सजाय दिइएको हो । 

संघीय दण्ड निर्देशिकाअन्तर्गत श्रेष्ठले ६ महिनासम्मको कारावास सजाय भोग्नुपर्ने थियो । सहायक न्यायाधिवक्ता क्रिस रुगेले श्रेष्ठलाई दुई महिनाको कारावास सजायको माग गरेका थिए । प्रतिरक्षक वकिलले भने मुशेरोलाई जस्तै आफ्नो पक्षलाई पनि प्रोबेसनमै राख्नका लागि न्यायाधीश वाकरसमक्ष अनुरोध गरेका थिए ।

डब्ल्यूजीएमई डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x