×

NMB BANK
NIC ASIA

कांग्रेस विवाद

पौडेलले अडान त्यागेपछि कांग्रेसमा सहमति, पुस ११ गतेकै बैठकका अधिकांश निर्णय सदर

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निरन्तरको छलफलपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । विवाद हल भएसँगै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता बैठकमा सहभागी हुने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बिहानैदेखि शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा सभापति देउवालगायत वरिष्ठ नेता पौडेल र अन्य शीर्ष नेताहरू उपस्थित थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सहभागी एक नेताले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत रहने तर जिल्ला र प्रदेश लगायत अन्य संरचनाको अधिवेशनको मिति हेरफेर गर्न सकिने सहमति भएको बताए ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय महाधिवेशन यसअघि केन्द्रीय समिति बैठकले तोकेकै समय (२०७७ फागुन ७ देखि १० सम्म) हुने तर तल्ला तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै पुस ११ गते बसेको केन्द्रीय समितिले गरेको विभागको संख्या बढाउने निर्णय पनि यथावत रहने भएको छ ।

पौडेलपक्षको बहिष्कारका बाबजुद बसेको केन्द्रीय समितिको बैठकले विधानले व्यवस्था गरेको २८ वटा विभागलाई बढाएर ४७ वटा बनाउने निर्णय गरेको थियो ।

त्यस्तै नेविसंघको तदर्थ समितिमा पनि सभापति देउवाले नै प्रस्ताव गरेका व्यक्ति सभापति हुने भएका छन् । देउवाले राजीव ढुंगानाको नाम प्रस्ताव गएका थिए । नेविसंघको केन्द्रीय कार्यसमिति भने पौडेल र सिटौला समूहबाट उचित प्रतिनिधित्व हुने गरी गठन गरिने सहमति भएको छ ।

अर्को भातृसंगठन नेपाल तरुण दलको म्याद थप भने सदर गरिएको छ । पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले तरुण दलको ६ महिना थप्ने निर्णय गरेको थियो ।

पुस ११ गतेको केन्द्रीय समिति बैठकको निर्णय फिर्ता नगरेसम्म पार्टीको औपचारिक बैठकमा समेत सहभागी नहुने घोषणा गरेका वरिष्ठ नेता पौडेल अन्तिम समयमा आएर लचक देखिएका थिए ।

पौडेलकै लचकताका कारण त्यतिबेला केन्द्रीय समितिले बहुमतको बलमा गरेका कतिपय निर्णयहरू सदर भएका छन् ।

शीर्ष नेताहरूको बैठकमा सहमति जुटेपछि कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा आमन्त्रित केन्द्रीय समिति सदस्यलाई समेत उपस्थित हुन आग्रह गरिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आन्तरिक जीवनमा केही समययता जारी विवाद समाधान नजिक पुगेको बताएका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै शर्माले संवादबाट सहमति, सहमतिका साथ महाधिवेशनका लागि यतिबेला घनिभूत छलफल जारी रहेको बताएका हुन् ।

‘नेपाली कांग्रेसको आन्तरिक जीवनमा केही समययता जारी विवाद समग्र समाधान नजिक पुगेको छ,’ उनले लेखेका छन्, ‘संवादबाट सहमति,सहमतिका साथ महाधिवेशनका लागि यतिबेला घनिभुत छलफल जारी छ । माघ १३ गते केन्द्रीय समितिको बैठकमा सबैको उत्साहपूर्वक सहभागिताका साथ हामी अघि बढ्नेछौं !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x