कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् ।
क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।
भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो ।
सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी थिए । क्रुजको निरीक्षण र शयरपछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको प्रतिक्रिया दिए ।
पत्रकारको प्रश्नमा उनले भने, ‘राम्रो छ । राम्रो भइरहेको छ । अन्य कुरा पछि भनाँैला ।’
उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए ।
कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना बस्न मिल्ने सिट रहने छन् । कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्ची राखिने छ ।
क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजमा बिहानको खाजा खाँदै नदीमा शयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन् ।
अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए ।
काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करीब तीन घण्टाको समय लाग्ने बताइएको छ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुज सञ्चालनका लागि आवश्यक प्राविधिक र अन्य कर्मचारी हाललाई विदेशी हुनेछन् ।
दीर्घकालीनरुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए ।
क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो ।
क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई वटा इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...