×

NMB BANK
NIC ASIA

जिल्ला अदालत सुर्खेतमा दर्ता भएका ९० प्रतिशत मुद्दामा ‘होस्टायल’ प्रवृत्ति बढिरहेको जिल्ला अदालत सुर्खेतका न्यायाधिस राजेन्द्रकुमार आचार्यले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्षको ६ महिनामा १२ सय ८६ मुद्दामध्ये ५ सय ७९ मुद्दाको फैसला भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जति पनि मुद्दा आइरहेका छन्, तीमध्ये ९० प्रतिशत मुद्दा होस्टायल भएर जाने गरेका छन् । जम्मा १० प्रतिशत मुद्दाका पीडितले मात्रै न्याय पाइरहेका छन् । यो होस्टायल प्रवृत्ति डरलाग्दो तरिकाले बढिरहेको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘बहुविवाह, जर्बजस्ती करणी जस्ता मुद्दामा होस्टायल बढिरहको छ । पीडितले होस्टायल गर्दा समाजमा अपराधी झन् खुलेआम हिडिरहेको हामीले पाएका छौं ।’


Advertisment
Nabil box
Kumari

अनुसन्धान प्रहरीले गर्ने तर त्यो अनुसन्धान अनुसार बकपत्र गराउँदा पीडित भनिएको व्यक्ति ३६० डिग्री नै घुम्ने गरेको उनको भनाई छ ।

Vianet communication
Laxmi Bank

यसरी होस्टाइल हुँदा समाजमा पीडकले उन्मुक्ति पाएको भन्ने सन्देश जाने तर पीडितले के बयान दिएको हो भन्नु बारे समाज अनभिज्ञ रहने गरेको उनको गुनासो थियो ।

‘समाजले छिटो भन्दा छिटो मुद्दाको टुंगो लागोस भन्ने चाहन्छ,’ उनले भने, ‘न्यायका प्रक्रिया एकातीर हुन्छ भने समाजको वातावरण अर्कै तीर हुने गरेको छ । निर्दोष नफसोस भन्ने तीर अदालतको ध्यान जान्छ ।’

उनले विचौलियाको बिगबिगी बढिरहेको बताए ।

‘अदालतमा न्यायाधीश वा अन्य व्यक्तिसँग कुरा गर्छु भनेर विचौलियाले वादी वा प्रतिवादीसँग पैसा खाइरहेका हुन्छन्,’ उनले भने, ‘वादी वा प्रतिवादी बेन्चमा भएका बेला बोल्दैनन् । अरु नै बोल्ने गर्छन । त्यस्ता केहि व्यक्तिलाई हामीले निकालेका पनि छौं ।’

उनले सम्बन्धविच्छेदका कारण समाजमा अपराध बढेको बताए ।

‘छोरा छोरी भएका आमा बुवाले सम्बन्ध विच्छेद गर्ने गरेका छन्,’ उनले गुनासो गरे, ‘सन्तान आमा वा बाबुले नै पाल्नुपर्ने व्यवस्था छ । तर पछि आमा वा बुवाले अर्को बिहे गर्ने, बच्चाले आमा बुवाको माया नपाउने अनि बिस्तारै अपराधतिर उन्मुख हुने गरेका छन् ।’

रुखो बोल्ने, ड्रग्स सेवन गर्ने, बलात्कार मुद्दामा पर्ने, चोरी मुद्दामा पर्ने जस्ता समस्यामा त्यस्ता बालबालिकाहरू परिरहेका छन् । यसले समाजलाई नै ठूलो असर परिरहेको उनको भनाई थियो । यतिसम्म की प्रेम विवाह गरेको तीन महिनामा नै सम्बन्धविच्छेद गर्ने भन्दै जोडीहरु आइरहेको उनको भनाई थियो ।

जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भूपाल भण्डारीले सम्बन्धविच्छेदका मुद्दा बढिरहेको बताए ।

सम्बन्धविच्छेदका चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ सय २१ मुद्दा दर्ता भएका छन् । १ सय ४९ मुद्दा गत आर्थिक वर्षदेखि सरिआएका हुन । चालू आर्थिक वर्षमा जबरजस्ती करणीका ६० मुद्दा दर्ता भएका छन् । लगत सरि आएका २४ मुद्दा थिए ।

अदालतले १ सय ५६ मुद्दा फर्छ्यौट गरेको छ भने २ सय १४ मुद्दा बाँकी नै छन् ।

लागू औषधका ४३ मुद्दा दर्ता भएकोमा २६ को फैसला भइसकेको छ भने ४३ बाँकी छन् ।

गत वर्षदेखि १२ मुद्दा बहुविवाहको सरी आएकोआ चालू आर्थिक वर्षमा ११ नयाँ मुद्दा दर्ता भएका छन् ।  जम्मा २३ मुद्दा बहुविवाहका भएपनि १३ मुद्दाको फर्छ्यौट भइसकेको उनको भनाइ थियो ।

जिल्ला अदालत सुर्खेतले १६ सय ४२ मुद्दा पर्न सक्ने अनुमान गरेको थियो । शुरूका ६ महिनामा ७ सय ४८ मुद्दा दर्ता भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x