×

NMB BANK
NIC ASIA

आठ लाख घुससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् । 

Muktinath Bank

प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर उपभोक्ता समितिका सदस्यसँग घुस लिन कटकुवा पुगेका थिए । यो सूचना पाएपछि अख्तियारको टोली पनि पछिपछि लागेको थियो । अख्तियारको टोली पुग्दा केसी र बस्नेतले उपभोक्ता समितिका सदस्यसँग आठ लाख घुस लिइसकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई दिउँसो २ बजे कटकुवा हेल्थपोस्टनजिकै पक्राउ गरिएको अख्तियार सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले बताए । ‘घुसबापतको रकम लिइसकेपछि उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रवक्ता सापकोटाले नयाँ पत्रिकासँग भने ।


Advertisment
Nabil box
Kumari

उनीहरूले जुनिचाँदे–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएको कामको बिल पास गराउन घुस लिने गरेका थिए । काम गरेको बिल पेस गर्दा भुक्तानीका लागि घुस माग्ने गरेको उजुरी आएको अख्तियार कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए । 

Vianet communication
Laxmi Bank

उनीहरूलाई अख्तियारले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ । ‘घुससहित नियन्त्रणमा लिएका दुवैलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको छ,’ पौडेलले भने । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x