कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा भाइरस पाइएको बताए। नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो। सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले भने, ‘एक व्यक्तिमा जाँच गर्दा पोजेटिभ आएको छ। अहिले ती व्यक्तिमा लक्षण देखिएको छैन। उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ।’
अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उनले जानकारी दिए।
ती युवकलाई ३ माघमा डिस्चार्ज गरिएको थियो। व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको छैन। परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरूको पनि रिपोर्ट लिइएको छ।
शुक्रराज ट्रपिकल अस्पतालमा जँचाउन आउँदा ती युवकले ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भइरहेको बताएको एक चिकित्सकले जानकारी दिए।
त्रासमा नेपाली विद्यार्थी
चीनको युवान प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमणको त्रासमा छन्। त्यहाँ सयौं संक्रमित फेला परेका छन्।
युवानबाट स्वदेश फर्किएका संक्रमित युवक पनि विद्यार्थी रहेको स्रोतले बतायो। युवानमा रहेका अन्य नेपाली विद्यार्थी बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले हालसम्म कुनै नेपालीलाई पनि संक्रमण नभएको जनाएको छ।
युवान क्षेत्रमा संक्रमणको डरले मानिसहरू बाहिर निस्कन छोडेका छन्। बाहिर निस्कनै परेमा सबैले मास्क लगाउने गरेको एक विद्यार्थीले टेलिफोनमा अन्नपूर्ण पोस्टलाई बताए।
हङकङबाट आएकामाथि निगरानी
हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘एकजनालाई अब्जरभेसनमा राखिएको छ। हङकङबाट आएको हुनाले जोखिम छ कि भनेर निगरानीमा राखिएको हो।
उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका केही लक्षण देखिएको छैन।’ ती बिरामीलाई ग्रान्डी इन्टरनेसनल अस्पतालले रेफर गरेको थियो। निर्देशक डा. पाण्डेले ती बिरामीको थप निदानका लागि नमुना पठाइने बताए। उनले भने, ‘नमुना परीक्षणका लागि जतिसक्दो छिटो बाहिर पठाउँछौं।’
विमानस्थलमा उच्च सतर्कता
सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ। विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले तीन चिकित्सक, तीन नर्ससहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताए। विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण जडान गरिएको छ। ज्वरो आएका बिरामीको पहिचान गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गरिएको छ। डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट बनाएको छ। यसमा बिरामीको पहिचान, उपचार विधि र शंकास्पद बिरामीले अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाइएको बताए। उनका अनुसार विमानस्थलमा थर्मल स्क्यानर जडान गरिएको छ। थर्मल स्क्यानरले शंकास्पद बिरामीलाई छुट्याउन सजिलो हुन्छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसको हेल्प डेस्कलाई उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यका तर्फबाट ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
के हो कोरोना भाइरस ?
यो नयाँ प्रजातिको भाइरस हो। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ। कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ। जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन। मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन्।
नोबेल कोरोना भाइरस मानिसबीच सर्न सक्छ भनेर पुष्टि भएको छैन। यस विषयमा अनुसन्धान भइरहेको छ। यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन। तथापि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको नजिक नजाने र हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।
यस भाइरसले गर्दा हुने रोगको खास उपचार छैन। यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ। यस भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन।००
सबै सजग बनौं : मन्त्री ढकाल
कोरोना भाइरस अत्यन्तै संवेदनशील विषय हो। तपाईं–हाम्रो असावधानीले पनि मान्छेमा धेरै भय र आतंक सिर्जना हुन सक्छ। रचनात्मक सहयोग गर्ने खालको वातावरण बन्यो भने हामी आमनागरिकलाई सचेत गराउने र यो रोगबाट बचाउने कुराका लागि सहयोगी बन्न सक्छौं।
त्रिभुवन विमानस्थलको हेल्थ डेस्कलाई अझ उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यका तर्फबाट विशेष ध्यान दिनेछौं। संक्रमण हुन नदिन सबैको सजगता आवश्यक छ। रोगको सीमा छैन। सबैतिरबाट आउँछ। हामी आवश्यक सावधानीमा रहनुपर्छ। क्षमताले भ्याएसम्म राज्यका तर्फबाट रोगको भय आतंक प्रवेश गर्न नदिन र रोग निर्मूलका लागि हाम्रो सजग प्रयत्न रहनेछ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...