कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पुर्याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उनको अनुभव छ ।
सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको उनले सुनाए । आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै वारपार गर्न थालेको खड्काले बताए। उनले भने, 'अहिले छोराछोरी मात्रै पठाउँदा पनि चिन्ता लाग्दैन ।'
काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै खड्काजस्तै धेरै पैदलयात्रुलाई सडक पार गर्न सजिलो भएको छ । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछामछाड गरेर अघि बढ्दा पैदलयात्रुलाई ठक्कर दिने घटना कम हुँदै गएको छ । ट्राफिकले चोकमा हातको इसारामा सवारीसाधन नियन्त्रण गर्दै आएकामा अहिले त्यो काम बत्तीले गर्न थालेको छ ।
चालकले पनि पैदलयात्रुले जथाभावी सडक पार गर्दा सवारी चलाउन कठिन भएको गुनासो गर्दै आएका थिए । दुई दशकदेखि ट्याक्सी चलाउँदै आएका श्याम तामाङ ट्राफिक बत्तीले पैदलयात्रु र चालकको व्यवहारमा परिवर्तन आउन थालेको बताए। जेब्राक्रसिङ नजिकै भए पनि त्यहाँबाट नभएर यात्रु आफूलाई पायक पर्ने ठाउँबाटै सडक पार गर्दै आएको उनको भनाइ थियो । जेब्राक्रसिङबाट समूहमा नभएर एक्लाएक्लै पार गर्दा सवारीसाधन चलाउनै कठिन हुने चालकको भनाइ छ । बत्ती भएका चोकमा हरियो बल्दा यात्रु छन् कि भनी नडराई चलाउन सकिएको तामाङको भनाइ थियो । उनले भने, 'अझै पनि मान्छेहरुमा बानी भने राम्रोसँग परिसकेको देखिँदैन ।'
उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरू गरेको थियो । अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए। चोक तथा जेब्राक्रसिङमा अहिलेसम्म १२ स्थानमा बत्ती जडान भइसकेको छ । तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सिंहदरबार, बागबजार, पद्मोदयमोड र ललितपुरको महापाल चोकमा बत्ती जडान भएर प्रयोगमा आइसकेको छ । भक्तपुरको ठिमी र सूर्यविनायक चोकमा जडान भइसकेको छ ।
भक्तपुरका तीन स्थान, ललितपुर र काठमाडौँका आवश्यक स्थानमा बत्ती विस्तार गरिने थपलियाले जानकारी दिनुभयो । दोस्रो चरणमा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा बत्ती जडान हुनेछ । काठमाडौँको नयाँ सडक, पुतलीसडक, सोल्टीमोड, शिक्षण अस्पताललगायतका स्थानमा जडानको तयारी भएको छ । दुई दशक पहिले जडान भएर पनि सञ्चालनमा नआएको थापाथली, माइतीघर, कोटेश्वलगायतका स्थानमा मर्मतको तयारी शुरू गरिएको छ ।
कुनै एउटा बत्ती बल्दा बढीमा ९९ सेकेण्ड र घटीमा १६ सेकेण्डसम्म बल्नेछ । कुन समयमा कतातर्फ जाने सवारीसाधनको चाप बढी हुन्छ भन्ने आधारमा बत्तीको समय निर्धारण गरिएको छ । तीनतीन घण्टाको अवधिमा बत्तीको समयावधि परिवर्तन हुनेछ । बिहान नौ देखि १२, १२ देखि तीन र तीनदेखि साँझ ६ बजेसम्म फरक फरक अवधि राखिएको छ । बिहानमा सिंहदरबारलगायतका भित्री भागमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र अपराह्नपछि भित्री भागबाट बाहिरिनेको सङ्ख्या बढी हुन्छ । उनले भने, 'नयाँ बानेश्वर चोकमा बिहानमा बबरमहलतर्फ आउने सवारीसाधन बढी हुन्छ भने अपराह्नपछि बानेश्वरबाट तीनकुनेतर्फ जाने बढी हुन्छ ।'
सडक बत्तीले सडक प्रयोगकर्तालाई सहज बनाएको भए पनि उनीहरुको व्यवहारमा परिवर्तन आउन बाँकी रहेको थपलियाले बताउनुभयो । पहिले चोकका बीचमा बसेर हातले इसारा गर्ने ट्राफिक प्रहरी हिजोआज जेब्राक्रसिङमा बसेर यात्रुलाई बत्तीको बारेमा बुझाइरहेको देख्न सकिन्छ ।
उपत्यकामा विसं २०२७÷२८ तिर दरबारमार्गमा पहिलो ट्राफिक बत्ती शुरूभएको बताइन्छ । त्यसपछि विसं २०५८ मा जापान सरकारको सहयोगमा विभिन्न चोकमा जडान भएका थिए । तीमध्ये कुनै पनि अहिले काम गर्ने हालतका छैनन् । ललितपुर महानगरपालिकाले गत वर्ष पुल्चोक चोकमा नागरिक–निजी साझेदारी ९पिपिपी० मोडलबाट उक्त कार्यक्रम शुरूगरेको थियो ।सञ्चिता घिमिरे,रासस
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...