×

NMB BANK
NIC ASIA

विकटका बालबालिकाको पीडा : ४ घण्टा हिँडेपछि बल्ल पुगिन्छ स्कूल

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पुर्‍याउने नीति लिएको भएपनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।

Muktinath Bank

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४/४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय जान्छन् । घरबाट विद्यालय पुग्न पुर्जासँगै ५ वर्षीय मेञ्जु पुन र खुशी सुनारलाई कैशाल माविमा पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हँुदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

गाउँ नजिक रहेको सुनारी आधारभूत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय युवा जगत गर्वुजाले बताए । बाध्यतामा छन्, रघुगङ्गा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्याल । छन्त्याललगायत रायखोरकी सुस्मा शेरपुञ्जा, उदिन रोका, विना शेरपुञ्जा पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । 

Vianet communication
Laxmi Bank

‘कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्,’ स्थानीयवासी जगत गर्बुजाले भने, ‘उनीहरू पैदल हिँडेर स्कूल ओहोरदोहोर गर्न बाध्य छन् ।’ गर्वुजाका अनुसार उकालो बाटो र जंगलका कारण बालबालिकालाई जंगली जनावरको समेत खतरा रहने गर्छ । 

गाउँ आसपासबाट दैनिक ४० विद्यार्थीलाई बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाइ छ । ‘घर आयो थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निन्द्रा लाग्छ,’ अमर माविमा कक्षा ९ मा अध्ययनरत कमल छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसँग पढ्ने समय नै नहुने गुनासो गरे ।

विद्यालयमा करीब ३५/४० विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताए । ‘विद्यार्थीले पढ्ने समय नै पाएका छैनन्,’ उनले भने, ‘दैनिक ४ घण्टाको आवतजावतको प्रत्यक्ष असर पढाइमा देखिन्छ ।’

मंगला गाउँपालिकाको मंगला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करीब डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको सो विद्यालयले जनाएको छ । केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरेपनि अधिकांश विद्यार्थी पैदलमार्ग हुँदै विद्यालयमा पुग्ने गरेका छन् । ‘उकालो बाटोमा निकै थकानका साथ पुग्नुपर्दा पठनपाठनमा समेत असर परेको छ,’ मंगला माविका कक्षा ६ मा अध्ययनरत बिमल पुर्जाले भने, ‘बिहानमा किताब हेर्न पाइँदैन ।’

उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको व्यवस्था भएमा सहज हुने बताए । कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाइ छ । – ध्रुवसागर शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x