फागुन ८, २०८०
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
गायक हेमन्त कान्छा रसाइली सारंगीमार्फत गीतका धुन पस्किन्छन् । भाका हाल्छन्, त्यसमै पीडा पोख्छन् । अनि सारंगीमार्फत नै खुशी पनि व्यक्त गर्छन् । उनलाई गायकमात्र भनेर सम्बोधन गरियो भने त्यो अन्याय हुनेछ । उनको परिचय सारंगीवादक पनि हो । अहिलेको उचाईमा पुग्न उनलाई स्वरसँगै सारंगीले पनि ठूलो साथ दिएको छ ।
अनामनगरका गल्लीमा १६ वर्ष
अनामनगरको साइनो कलाकारितासँग जोडिएको छ । अहिले चलेका धेरै कलाकारहरूको संघर्ष पहिला अनामनगरका गल्लीबाट हुन्छ । र, अहिले पनि अनामनगरकै गल्लीबाट धेरैले कलाकारिता क्षेत्रमा भविष्य देखिरहेका छन् । यो प्रक्रिया लामै समयसम्म चल्छ । अनामनगर र कलाकारिता एक अर्काका पर्यायजस्तो नै छ । किनकि अनामनगरमा सबथोक छ । अभिनय सिकाउने ठाउँ छ । सिकेको अभिनय देखाउने ठाउँ छ । गीत रेकर्ड गर्ने ठाउँ छ । डान्स सिकाउने ठाउँ पनि छ । निर्माता पनि त्यही भेटिन्छन्, गायक र कलाकार पनि भेटिन्छन् । अझ सामान्य भाषामा भन्ने हो भने अनामनगरका प्राय: घरमा गीत रेकर्डिङ स्टुडियो छ ।
हेमन्त कान्छा रसाइलीले पनि अनामनगरका गल्लीमा १६ वर्ष बिताएका छन् । यसको अवधि अझै लम्बिनेवाला छ । किनकि उनको उमेर बढिरहेको छ र जोशजाँगर पनि ।
म्याग्दीको मालिका गाउँपालिका, मठ्ठडाँडा चिउरीबोटका हेमन्तले गायन क्षेत्रमा स्थापित हुन अनामनगरमा १६ वर्ष बिताएका छन् । यो उनकै भाषा हो । 'म अनामनगरको गल्लीमा हिँडेको १६ वर्ष भयो । यसबीचमा मैले कति जुत्ता फटाएँ । कति जोर चप्पल फटाएँ । कति पीडा भोगेँ । कति आँसु झारे । कति संघर्ष गरेँ । त्यसको कुनै लेखाजोखा नै छैन,' उनले संघर्ष केलाए ।
उनले शुरूआती दिनमा गरिएको संघर्षको लेखाजोखा नगरौं भनेपनि केही दु:ख लोकान्तरसँग पनि साटे । उनी बस्थे गोगंबु । गीत रेकर्ड अनामनगरमै हुन्थ्यो । स्टुडियोहरू धेरै थिएनन् । पालो कुर्नुपर्थ्यो । उनले कतिपटक त रातिराति गीत रेकर्ड गरेका छन् । उनले दु:ख सुनाए, ' गीत रेकर्डिङ गर्दा रातिको १२ सम्म बज्थ्यो । आफूसँग ट्याक्सी भाडा पनि हुँदैनथ्यो । निकै दु:खसँग जान्थे ।' राति घर जाँदा बाटोमा कुकुरले लखेट्थ्यो । यी कुराहरू उनको दिमागमा ताजै छन् ।
संघर्ष र सफलताको हिसाबमा हेमन्तलाई १६ वर्ष पहिले र अहिलेको अनामनगरमा आकाश र जमिनको फरक लाग्छ । उनकै भाषामा भन्ने हो भने अनामनगर ठाउँ उस्तै होला, खाली जग्गामा घर बने होला, केहीको तला थपिए होला । अनामनगरको प्रगतिसँगै हेमन्तको जीवनमा पनि प्रगति भयो ।
*****
उनको संघर्षका कथाहरू धेरै छन् । संघर्ष गर्ने क्रममा उनले दोहोरी साँझमा पनि काम गरे । ढोलक बजाए । तबला बजाए । मादल बजाए, अक्टोपस बजाए । उनी अलराउन्डर थिए । स्टेजमा भएका सबै म्युजिक इन्ट्रुमेन्ट बजाउँथे उनी ।
दोहोरी साँझमा काम गर्दागर्दै उनलाई विदेश जाने भूत चढ्यो । तर उनको पैसा दलालीले खाइदिए । उनको लगभग १० लाख बालुवामै गयो । जापान गएर सारंगी बजाएर वा सिकाएर भए पनि ज्यान पाल्छु भन्ने सोचेका उनले ०६७ सालमा पुन: सारंगी किने । अझ सिक्न थाले । त्यसअघि उनले ०५८ सालमा ३५० मा सारंगी किनेका थिए ।
त्यसपछि स्टुडियोमा उनले सारंगी बजाउन थाले । शुरूमा दुई सय पाउँथे । त्यसपछि बढेर चार सय, पाँच सय हुँदै अहिले हजार-पन्ध्र सय पुगेको उनले बताए ।
परापूर्व कालमा गन्दर्भ जातिले सारंगी बजाएर जीविकोपार्जन गर्ने गर्थे । पछिल्लो समय गन्दर्भ जातिले मात्रै होइन अन्य जातिका मानिसहरूले पनि सारंगी बजाउन थालेका छन् । हेमन्तको पनि ध्येय भनेको सारंगीलाई फैलाउनु नै हो । सारंगीको संरक्षण गर्नु हो । 'सारंगीको संरक्षणमा लाग्नुपर्छ भनेर मैले सारंगी बजाउन थालेँ । अहिले धेरै राम्रो भइरहेको छ । मैले सारंगी जोगाउन सक्दो भूमिका खेल्नेछु,' उनले भने । सारंगी फिल्मका गीत, पप तथा आधुनिक गीतहरूमा समेत बज्न थालेकोमा हेमन्त पनि खुशी छन् ।
*****
हेमन्त सानैदेखि संगीतप्रेमी । घरमा बस्दा होस् या गोठालो जाँदा उनी बाँसुरी गीतसंगीत मेरो लेखान्त नै होला । संगीतप्रतिको भित्री लगावकै कारण यो क्षेत्रमा रहेँ कि भन्ने लाग्छ । म स्टुडियोहरूमा गएर सारंगी बजाउँछु ।
अझ उनले बाँसुरी पनि आफैं बनाउँथे । 'सन्नासोलाई आगोमा तताएर बाँसमा प्वाल पारेर मैले बाँसुरी बनाउँथे र बजाउँथे,' उनले भने ।
उनी गीत संगीतलाई आफ्नो लेखान्त भन्छन् । त्यसैले त भन्छन्- संगीतप्रतिको भित्री लगावकै कारण यो क्षेत्रमा अहिलेसम्म छु ।
*****
२०६३ सालमा 'काँचो सुन्तला … ' भन्ने लोक गीत गाए । यो गीत गाउँदा उनी एकदमै नर्भस थिए रे ! 'गाउन पनि म डराईडराई गाएको थिएँ । पूरा ढुक्क भएर आनन्दसँग गाएको थिइनँ,' उनले पहिलो गीत रेकर्ड गराउँदा क्षण सम्झिए । 'क्यासेटको बी साइडमा माग्दी तिरैमा र दाजुखोला भन्ने गीत थियो,' उनले सुनाए ।
दोहोरी साँझमा जान्थे । १५-२० काम गर्थे । खान बस्न पुग्थ्यो । अनि छोड्दिन्थे, फेरि काम गर्न जान्थे । तर उनी केही समय म्युजिकबाट हराए ।
पछि सारंगी समातेपछि मैले मेहनत गर्न थाले । भन्छन्, 'म्युजिक पनि बुझ्दै गएँ । सिक्दै गएँ । अनि म सारंगीबादक भएँ ।' हालसम्म आफूले लगभग १० हजार गीतमा सारंगी बजाएको उनले बताए ।
'भाग्यमानी'बाट पुन:चर्चामा
उनी गायकको रूपमा पुन: स्थापित हुन खोजिरहेका छन् । विगत एक वर्षदेखि उनले लगातार गीत बजारमा ल्याइरहेका छन् । 'भाग्यमानी' बोलको गीतबाट उनी चिनिए । उनको गीतलाई दर्शकले रुचाए । सोही गीतलाई उनी 'टर्निङ प्वोइन्ट'को रूपमा लिएका छन् ।
उनको अर्को गीत 'बालापन' पनि रुचाइयो । 'कर्मै हाराको', 'आकाशै ज्यानको', 'किन होला खै बजार'मा आएका छन् । 'किन होला खै' गीतका टुक्का यतिबेला टिकटकमा भाइरल बनिरहेको छ ।
अहिले 'मरेछन् नि लाहुरे' रिलिज भएको छ । यसबाट पनि आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछन् ।
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...