×

NMB BANK
NIC ASIA

मौरीपालन व्यवसायबाट मनग्यै कमाइ

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

व्यावसायिक मौरीपालनबाट पाल्पाका किसानको जीवनशैलीमा सुधार आएकोे छ ।

Muktinath Bank

कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका युवाहरू मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन् । पाल्पाका किसान मौरीपालन व्यवसायबाट वार्षिक ३ लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताए ।


Advertisment
Nabil box
Kumari

स्थानीय दयाराम पाण्डेयले १८/२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आएका छन् । उनको घरलाई मौरीका घारले घेरिएका छन् । एउटा घारबाट शुरू गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उनलाई २–४ हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन । मौरीपालन व्यवसायबाट नै वार्षिक ३ लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन् । एक पटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ । स्थानीय दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक ५० हजारदेखि १ लाखसम्म आम्दानी हुने गर्छ । यही मौरीपालन व्यवसायबाट पनि उनी प्रशस्त आम्दानी गर्छन् । पशुपालन तथा खेतीपातीसँगै उनले मौरीपालन व्यवसायमा हात हाले ।

पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ । गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो । मौरी सहितको घारलाई ७ हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताए । गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ ।

चालू आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ । गाउँपालिका क्षेत्रभित्र हाल ३ सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखा प्रमुख कँडेलले बताए । उनका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयको आम्दानीमा समेत वृद्धि भएको छ । 

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताए । उनले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताए ।

आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ । पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ ।

चैत, जेठ, असार, साउन, कात्तिक र मंसिर महिनामा मह बढी उत्पादन हुन्छ । असोजदेखि मंसिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीको भनाइ छ । जंगलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन् । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिंगालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ । – कृष्ण दर्नाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x