प्रधानमन्त्रीले गरे प्रतिपक्षीसँग छलफलः देउवाले भने, 'राजनीतिक नियुक्ति सहमतिमा होस्'

प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ।

 नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।


Advertisement

सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिए।

सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राखेको उपनेता नेम्वाङको भनाइ छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्