×

NMB BANK
NIC ASIA

साग पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ महानगरपालिका–३२ ले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबा सम्मान गरेको छ । कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा सागमा काठमाडौँ ३२ बाट तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक विजेता नौ खेलाडीलाई सम्मान गरिएको हो ।

Muktinath Bank

उनीहरुले तेक्वान्दोमा तीन स्वर्ण र दुई कास्य, करातेमा एक स्वर्ण, बास्केटबलमा एउटा रजत तथा  लनटेनिसमा दुई कास्य जितेका थिए। स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भूपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठलाई जनही रु ५० हजारका साथ सम्मान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै रजत विजेता बास्केटबलका मनिष केसीलाई रु २० हजार तथा कास्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका संरक्षक भूषण बज्राचार्य र सम्यक बज्राचार्यलाई जनही १० हजारसहित वडा कार्यालयले सम्मान गरेको हो। 


Advertisment
Nabil box
Kumari

यस्तै तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई ५१ हजार तथा लनटेनिसकी प्रशिक्षक रेणुदेवी कोण्डा बज्राचार्यलाई ११ हजारसहित सम्मान गरिएको हो । सो अवसरमा दक्षिण कोरियामा सम्पन्न कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका रञ्जीत साउदलाई २० हजार नगदसहित सम्मान गरिएको थियो । विजेता खेलाडी तथा प्रशिक्षकलाई वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, वडा नं ३२ का अध्यक्ष नवराज पराजुली लगायतले सम्मान गरे।

Vianet communication
Laxmi Bank

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x