×

NMB BANK
NIC ASIA

सभामुख चयनपछि ओलीको कार्यकक्षमा हाँसोठट्टा– अग्लो हुँदा जनयुद्धमा अग्निलाई जोगाउन मुस्किल !

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको बैठक सकिएलगत्तै नवनिर्वाचित सभामुख अग्नि सापकोटासहित नेकपाका शीर्ष नेताहरू संसद् भवनमै रहेको प्रधामनन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा भेला भए । तीतो ‘ग्रीन टी’ खाएर केही मीठा कुरा भए । 

Sagarmatha Cement
Muktinath Bank

प्रधामनन्त्री ओलीले सापकोटालाई बधाई दिँदै भने– ‘तपाईंको काँधमा ठूलो अभिभारा आएको छ, भरोसा नटुटोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरी लगायतले पनि सापकोटालाई बधाई दिए । 


Advertisment
Nabil box
Kumari

त्यसक्रममा माओवादी जनयुद्धको कुरा उठ्यो ।

Vianet communication
Laxmi Bank

सांसद धर्मशिला चापागाईंले अग्लो भएका कारण सापकोटालाई जनयुद्धमा जोगाउन कठीन भएको अनुभव सुनाइन् ।

सापकोटाको अग्लो कदका कारण सांसद्मा बधाई थाप्ने क्रममा खादा लगाउन पनि सापकोटालाई निहुरिनुपरेको थियो । 

जनयुद्धका क्रममा ठोकर्पा भिडन्तमा आफूलाई गोली लागेको भनेर सापकोटाले संसद्को वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा भनेका छन् ।

आइतवार सभामुखमा सापकोटालाई समर्थन गर्ने क्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनयुद्धका क्रममा परिवारका सदस्य गुमाएको प्रसंग सुनाएकी थिइन् ।

त्यसक्रममा सापकोटाले झापा र ओखलढुंगाका दुईवटा प्रसंग सुनाए ।

‘ओखलढुंगातिर ‘आजै मासु पकाएको, आजै पाहुना आउनुपरेको’ भनेर दुःख मान्दा रहेछन्, झापाका मान्छेचाहिँ ‘आजै मासु पाकेको, आजै पाहुना आएका’ भनेर खुशी व्यक्त गर्दा रहेछन्,’ उनले भने । 

त्यसक्रममा नेताहरूले स्थायी घर ओखलढुंगा रहेका उपप्रधामनन्त्री ईश्वर पोखरलेसँग ‘के हो उपप्रधानमन्त्रीज्यू ?’ भनेर ठट्टा समेत गरे ।

सापकोटमा सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित भएर बाहिरिने क्रममा संसद् भवन परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले संसद्को गरिमा कायम राख्ने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x