×

NMB BANK
NIC ASIA

नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ - वामदेव गौतम

माघ १२, २०७६

NTC
Sarbottam
file photo
Premier Steels
Marvel

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् ।

Muktinath Bank

पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सात घटक सङ्गठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रुपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'नेकपाले भर्खर मात्रै आचारसंहिता जारी गरेको छ, संस्कृति सुधारको यो एउटा सार्थक प्रयास हुनेछ ।'


Advertisment
Nabil box
Kumari

उनले नेपालको आवश्यकता र औचित्यअनुरुप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै तर अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट गरे ।

Vianet communication
Laxmi Bank

नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक हो भन्दै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए ।

'साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन,' उनले भने, 'साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।'

नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाउँदै भने, 'जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।'

सो अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले क्रान्ति सम्पन्न गर्न जति कठिन हुन्छ उपलब्धि जोगाउन झनै गाह्रो हुन्छ भन्दै सांस्कृतिक रुपान्तरणका लागि धेरै कार्य गर्नुपर्नेमा जोड दिए ।

नेकपा स्थायी कमिटी सदस्य तथा संस्कृति विभागका प्रमुख मणि थापाले संस्कृतिकर्मीले गरेको कार्यलाई तल्लो तप्काका नागरिकले समेत अनुभूति गर्ने बताउँदै कलाकार र साहित्यकारको भूमिकालाई राज्यले कदर गर्नुपर्ने बताए ।

उनले प्रत्येक व्यक्तिले आफ्नो चरित्र सुधार गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हावी भएको व्यक्तिवादी सोचको अन्त्य गरिनुपर्ने बताए । महासङ्घका संयोजक खगेन्द्र राई र सहसंयोजक सरल सहयात्रीले आफूहरुले सांस्कृतिक क्षेत्रबाट जनताका पक्षमा काम गर्नका लागि खबरदारी गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x