कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
'मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,' मालीको सैनिक स्रोतले एएफपीलाई बतायो ।
आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए ।
'आक्रमणकारी जिहादी लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए,' सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले बताए ।
उनले भने, हतियारले सुसज्जित उनीहरू सोकोलो शिविरमा प्रवेश गरे । शिविरमा अन्धाधुन्ध गोली चलाएपछि केही सुरक्षाकर्मी भागेर आफ्नो सुरक्षा गरेका थिए । आक्रमणकारीले शिविरबाट हतियार लगायतका धेरै सामानहरू लगेका छन् ।'
'आक्रमणपछि शिविरमा पूर्णरूपमा भद्रगोल अवस्थामा रहेको छ,' एक मानवीय सहयोगका लागि कार्यरत संस्थासम्वद्ध स्रोतले बतायो । आक्रमणकारीले शिविरलाई तत्काल छोडेर भागेका थिए ।
क्याम्पमा रहेका १५ सुरक्षाकर्मीको शवलाई हामीले हटाई अन्तिम परीक्षणका लागि अस्पताल पठाएका छौँ ।
सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो ।
सहेल क्षेत्रमा करिब चार हजार ५०० फ्रान्सेली सेना र मालीमा करिब १३ हजार संयुक्त राष्ट्रसंघको शान्ति सेना तैनाद गरिएको छ तर जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किना फासो र नाइजरमा पटकपटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...