×

NMB BANK
NIC ASIA

३८ वडा कार्यालय भवनविहीन

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गलकोट नगरपालिका–९ को वडा कार्यालय विद्यालयबाट चलेको छ । वडाले भैरव माविलाई मासिक रु. छ हजार भाडा तिर्छ । 'विद्यालयका खाली कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ', वडाध्यक्ष तेजबहादुर थापाले भने।

Sagarmatha Cement
Muktinath Bank

निसीखोला गाउँपालिका–३ का सर्वसाधारण सेवा लिन वडा नं ४ पुग्नुपर्छ । ३ र ४ नं वडा कार्यालय एउटै भवनमा छ । '३ नं को आफ्नो भवन छैन, हाम्रो पनि बन्दाबन्दै बीचमा रोकिएको छ', वडा नं ४ का अध्यक्ष टीकानिधि पौडेलले भने। निर्माणाधीन अवस्थाकै भवनबाट दुई वडा कार्यालय चलेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तमानखोला गाउँपालिका–५ र ६ को वडा कार्यालय सामुदायिक भवनमा छ । वडा नं २ र ४ भाडाको घरबाट सञ्चालित छ । आफ्नै भवन नहुने वडा कार्यालय जिल्लामा यतिमात्र छैनन् ।


Advertisment
Nabil box
Kumari

दश स्थानीय तहका ८५ वडामध्ये ३८ वडा कार्यालय भवनविहीन छन् । भएका भवन पनि जीर्ण अवस्थामा छन् । कुनै वडा कार्यालय भाडाका घरमा छन्, कुनै सामुदायिक भवनमा । निर्वाचन भएको तीन वर्ष बित्न लाग्दासमेत स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन सकेको छैन । साघुँरा भवन, कोठाबाट अव्यस्थितरूपमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सेवाग्राहीमैत्री पूर्वाधार र वातावरण छैन । वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा राज्यलाई अतिरिक्त व्ययभार थपिएको छ । 

पुरानो र सदरमुकाम रहेको बागलुङ नगरपालिकामै आधा सङ्ख्यामा वडा कार्यालय भवनविहीन छन् । वडा नं २, ३, ४, ६, ७, ९ र ११ को आफ्नो भवन छैन । केही वडा खाली रहेका अन्य सरकारी भवनको सहयोग लिएर बसेका छन्, केही भाडामा छन् । जैमिनी नगरपालिकाको वडा नं ३, ४ र ६ को भवन छैन । वडा नं. ५ र ९ को जीर्ण छ । 

काठेखोला गाउँपालिकाको वडा नं १, ४, ५ र ६ को वडा कार्यालय भाडामा छ । 'भवन नभएका वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको छ', गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले भने, 'एक त जग्गै अभाव छ, जग्गा पाइए पनि सरकारी दरमा पाउन सकिएको छैन ।'

बडिगाड गाउँपालिकाको २, ६, ७, ८, ९ र १० नं वडा कार्यालयको भवन नभएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । 'वडा नं २ को जग्गा छ, भवन बनेको छैन, अहिले सामुदायिक भवनमा बसेको छ', उनले भने। साविक गाविस विभाजनपछि बनेका नयाँ वडामा भवन नरहेको उनको भनाइ छ ।

कपितय वडाले तत्कालीन गाविस भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गरेका छन् । गलकोट नगरपालिकामा १, ६, ९ र ४ नं वडाको भवन छैन । वडा नं ६ र ९ को भवन बनाउन ठेक्का भइसकेको नगरपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकामा भने ४ नं वडाको मात्रै आफ्नो भवन छैन । उक्त वडाको भवन निर्माणका लागि रु. ७९ लाखको बोलपत्र खुलेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए। 'गाउँपालिकाको भवन निर्माणका लागि रु साढे चार करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भएको छ', उनले भने, 'सङ्घ, प्रदेश सरकार र गाउँपालिकाकै स्रोत जुटाएर आवश्यक संरचना बनाउँछौँ ।' 

बरेङ गाउँपालिकाका अधिकांश वडाका भवन पनि जीर्ण छन् । वडा नं २ को भवनमा गाउँपालिका कार्यालय बसेपछि वडा भाडाको घरबाट सञ्चालित छ । 'वडाका भवनहरु जीर्ण भई पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छन्', गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने। बरेङमा गाउँपालिकाकै लागि थप भवन आवश्यक छ । 

जिल्लाको पश्चिम ढोरपाटन नरपालिकाको वडा नं २, ३, ४, ६, ७, र ९ को पनि भवन छैन । नगरपालिका कार्यालय पनि भाडाको घरबाट सञ्चालित छ । तमानखोला गाउँपालिका–१ को भवनमा गाउँपालिका कार्यालय छ । वडा नं २, ४, ५ र ६ को आफ्नै भवन छैन । निसीखोला गाउँपालिकाको ३ नं वडा कार्यालय भवनविहीन छ । वडा नं २, ५ र ६ को भवन गाउँपालिकाले यही वर्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । वडा नं ४ को भवन निर्माणाधीन छ । 

जिल्लाका चार नगर र छ गाउँपालिकाका अधिकांश कार्यालयसमेत भाडाको घरबाट चलेका छन् । बेलैमा जग्गा नपाउँदा भवन निर्माणमा ढिलाइ भएको जनप्रतिनिधि बताउँछन् । केही स्थानीय तहले भने जग्गा प्राप्ति र भौतिक संरचना निर्माणको कामलाई अघि बढाएका छन् । रामबहादुर थापा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x