×

NMB BANK
NIC ASIA

शीतलनिवासमा सपथलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सभामुख सापकोटाले सम्हाले कार्यभार

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सपथग्रहण लगत्तै सिंहदरबारस्थित सभामुखको कार्यालयमा पदभार सम्हालेका छन् ।

Muktinath Bank

सोमवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण गरेका सापकोटा सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति कार्यालयभित्र सापकोटाले सपथ लिइरहँदा बाहिर भने केही व्यक्तिहरूले सापकोटाविरुद्ध प्रदर्शन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले विरोध प्रदर्शन गर्नेमध्ये केहीलाई नियन्त्रणमा लिएको छ ।

Vianet communication
Laxmi Bank

आइतवार प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको थियो ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।

सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शक्तिसंघर्षको स्थिति पैदा भएपछि पुस ४ गते बोलाइएको संसद बैठक पटक-पटक स्थगित भएको थियो ।

दुवै अध्यक्षले आफूनिकट नेताहरूलाई सभामुख बनाउनुपर्ने अडान राखेका कारण लामो समयसम्म नेकपाले उम्मेदवार तय गर्न सकेको थिएन । 

प्रतिनिधि सभा सभामुखबिहीन भएको ४ महिनामा नयाँ सभामुख प्राप्त गरेको हो । प्रतिनिधि सभा सभामुखबिहीन हुँदा संसदको कार्यसूची प्रभावित भएको थियो ।

सभामुख र उपसभामुख फरक-फरक दल र कम्तिमा एक जना महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण सभामुख निर्वाचन अघि नेकपाबाटै उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x