×

NMB BANK
NIC ASIA

खानी र नदीजन्य पदार्थ उत्खननको अवस्था अध्ययन गर्न ५ सदस्यीय समिति, राष्ट्रिय मापदण्ड छिट्टै ल्याइने

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य पदार्थ उत्खनन् र प्रयोगका सम्बन्धमा अध्ययन गर्न ५ वटा मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको उपस्थितिमा आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'ढुंगा,गिटी, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन् र प्रयोगका सम्बन्धमा दर्ता भए/नभएको, मापदण्ड पुगे/नपुगेको र पर्यावरणअनुकूल भए/नभएको यकिन गरी विस्तृत विवरणसहितको प्रतिवेदन दिन र हाललाई अन्तरमन्त्रालय समन्वय गरी कानूनबमोजिम कार्यान्वयनको सुनिश्चितता गर्न गृह मन्त्रालयका सह-सचिवको संयोजकत्वमा देहायको समिति गठन गर्ने,' बैठकको पहिलो निर्णयमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तो छ समिति :
योजक - सहसचिव, गृह मन्त्रालय 
सदस्य- सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सदस्य- सहसचिव, वन तथा वातावरण मन्त्रालय
सदस्य - सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सदस्य - सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

Vianet communication
Laxmi Bank

बैठकले खानी तथा नदीजन्य पदार्थ माटो, ढुंगा, गिटी र बालुवाको उत्खनन् तथा प्रयोगलाई व्यवस्थित गर्न मापदण्ड आवश्यक रहेकाले सो सम्बन्धमा तयार पारिएको 'राष्ट्रिय मापदण्ड' मन्त्रिपरिषद्बाट छिटाे पारित गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x